साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

अनेसास बोर्ड अफ ट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गर्न लागिएको हो ।

Nepal Telecom ad

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई “अनेसास डायस्पोरा नारीरत्न २०२३” पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफ ट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गर्न लागिएको हो ।

कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउदै, अनेसासको केन्द्रीय अध्यक्षसमेत रहनु भएको खत्री अनेसासको बिओटी र केन्द्रको अध्यक्ष हुने पहिलो महिला हुनुहुन्छ ।

साहित्य-प्रेमी रोहिणी शर्माको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कारको रकम ५०१ डलर रहेको छ । मार्च १०-१२ मा हुने बोस्टन साहित्य सम्मेलनमा साहित्यकार खत्रीलाई पुरस्कृत गरिने छ ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त निणर्य गरेको हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x