सुलसुलेतीनजना स्रष्टाका तीनवटा कृति लोकार्पण
लोकार्पित कृति ‘केही भूमिका ः केही समीक्षा’ माथि साहित्यकार हेम अधिकारीले, ‘मुलाको मुरली’ माथि साहित्यकार गणेश निरौलाले र ‘समय सन्दर्भका टिपोट’ माथि प्रा.डा. ठाकुरप्रसाद पोख्रेलले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

भद्रपुर, झापा, ०८० बैशाख ८ । मेची क्याम्पस भद्रपुरको सभाकक्षमा एकै साथ तीनवटा कृतिहरू लोकार्पण भए । प्रमुख अतिथि भाषाविद चूडामणि रेग्मी, विशिष्ट अतिथिद्वय खगेन्द्र चापागाईं र कमल गुरागाईंले संयुक्त रूपमा गर्नु भएको थियो ।
मेची क्याम्पसका प्राध्यापक डा.गंगाप्रसाद अधिकारीको ‘केही भूमिका ः केही समीक्षा’ (समीक्षासङ्ग्रह), सोही क्याम्पसका सेवानिबृत्त प्राध्यापक चूडामणि वशिष्ठको ‘मुलाको मुरली’ (हास्यव्यङ्यसङ्ग्रह) र सोही क्याम्पसमा अध्यापनरत सहप्राध्यापक देवीप्रसाद आचार्यको ‘समय सन्दर्भका टिपोटहरू’ (समालोचनासङ्ग्रह) को लोकार्पण गरिएको हो ।
लोकार्पित कृति ‘केही भूमिका ः केही समीक्षा’ माथि साहित्यकार हेम अधिकारीले, ‘मुलाको मुरली’ माथि साहित्यकार गणेश निरौलाले र ‘समय सन्दर्भका टिपोट’ माथि प्रा.डा. ठाकुरप्रसाद पोख्रेलले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सोही क्याम्पसका प्राध्यापक शान्तिराम मिश्रले दिनुभएको थियो भने प्रमुख अतिथि, विशिष्ट अतिथिद्वय तथा साहित्यकारहरू गोपिकृष्ण खतिवडा, पुण्यप्रसाद खरेल, नवराज घिमिरे, शिवकुमार पौडेल, राजेन्द्र चापागाईं लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विजय खरेल, डा.पुण्यप्रसाद सिग्देल, जीवनाथ सुवेदी, विनोद खनाल, टोपलाल ज्ञवाली, आरती पोख्रेल, देवीचरण भण्डारी, खगिन्द्रा खुशी लगायत ५० भन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
यसरी नै विभिन्न संघ संस्थाहरूका पदाधिकारीहरू, पत्रकारहरू, सामाजिक अभियन्ताहरूको पनि राम्रो उपस्थिति रहेको थियो ।
मेची क्याम्पसका नेपाली विभाग प्रमुख लीलाप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन प्राध्यापक लक्ष्मी ढुंगेलले गर्नुभएको थियो । यस कार्यक्रममा पीपलको पातमा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि लेखेर ब्याच बनाई वितरण गरिएको थियो ।
०००
-विनोद खनाल, झापा
Subscribe
Login
0 Comments
Oldest












































