साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मृत्यु बाँकी भएको शहीद

अहिले मलाई शहीद भनेर चिन्छन् सबैले मलाई यो शहीद मर्‍यो भने अर्को जिउँदो शहीद जन्मदैन भन्छन् जुन मेरोलागि पीडाको विषय बनेको छ ।

Nepal Telecom ad

म पनि शहीद भएको छु रे राजपत्रमा
गाउँलेले भनेको मैले सुनेको
हो म जिउँदै ज्यान छँदै आलै अवस्थामा
सरकारको प्रिय शहीदको सूचीमा
सुची गरिरहेको अवस्थाको सूचीकृत
शहीद हुँ अरे अरुले भनेको सुनेको ।

मैले मेरी आमालाई धन्य ठानेको छु
किनकि मलाई मेरो मृत्यु नभैकन शहीद बनाउन
आमाले कैयौँ कष्ट सहेर जन्माउनु भयो
हुर्काउनु भयो र बढाउनु भयो ।

आन्दोलनमा जान नदिई स्कूल कलेज पढाउनु भयो
त्यसैले म आज गाउँले र सरकारको राजपत्रमा
गिद्धेदृष्टिमा जिउँदै शहीद भएको छु ।
मुलुकमा भएको स्वार्थी आन्दोलनको
आसम्म नबुझ्ने र शहीदको शसम्म
उच्चारण गर्न नसक्ने म आज शहीदको
सूचीमा बसेर समूहमा टोलाई रहेको छु ।

भनौँ म शहीद शब्दले तर्सिएको छु
शहीदको शालिक देख्दा आफूलाई सम्झन्छु
र म आफैँलाई मरिसकेको शहीद ठान्छु
सधैँ चराहरूको विष्टीले नुहाउँछु र ढाकिन्छु ।

नेताहरूको भाषणमा सधैँ प्रिय शब्दका रूपमा
माझिन्छु, पखालिन्छु वर्षा हावा हुरी झरीमा
ओत लगाउन चरा आउँछ र मेरो शिरमा
प्रसाद छाडेर जान्छ प्रत्येक साँझ बिहान ।

हो म यो मुलुक कै भाग्यमानी शहीद
मरेपछि पाउने शहीदको सम्मान मैले
जिउँदै पाएको छु मेरो नाममा मैले नै
राहत पाएको छु, भोज खाएको छु ।

अहिले मलाई शहीद भनेर चिन्छन्
सबैले मलाई यो शहीद मर्‍यो भने
अर्को जिउँदो शहीद जन्मदैन भन्छन्
जुन मेरोलागि पीडाको विषय बनेको छ ।

प्रगतिवादको विकल्पका रूपमा म आफैले
आफैलाई यतिबेला वीर शहीद भन्न बाध्य भएको छु
जब कि मैले आन्दोलन देख्न पाइन
कतै कुनै आन्दोलनमा सहभागी हुन पाइन ।

धन्य छ सरकार म आन्दोलनको आ नबुझ्ने मान्छेलाई
स शरीर शहीद घोषणा गरेर आन्दोलनको बीऊ रोप्न
मलिलो खेतबारी खोजी गर्दै हिंड्न बाध्य पारिएको छ ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x