साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडा साहित्य महोत्सवमा वहस, वाचन तथा सम्मान कार्यक्रम

संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा गरिएको उद्घाटन समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Nepal Telecom ad

मकवानपुर, ०८० वैशाख ८ । साहित्य संगम मकवानपुरले हेटौंडा साहित्य महोत्सवको पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा गरिएको उद्घाटन समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । जसलाई संगमका सचिव डी.बी. बर्तौलाले सहजीकरण गर्नु भएको हो ।

सो पश्चात् पत्रकार सुरेश श्रेष्ठद्वारा सहजीकरण गरिएको “कसरी बन्दै छ हेटौंडा” विषयमाथि पूर्व मूख्यमन्त्री डोरमणि पौडेलको अभिभावकत्वमा वक्ताहरू ललित घलान, राजेश बानियाँ, आरती पाठकले विचार राख्नु भएको थियो ।

वक्ताहरू रत्नबहादुर प्रजा, टेकबहादुर माझी, सन्तोषी वनकरिया रहनु भएको माटोको कथा विषयको सत्र अग्रज पत्रकार प्रताप विष्टको अभिभावकत्वमा संगमका उपाध्यक्ष सानु खनालले सहजीकरण गर्नु भएको थियो ।

नवसर्जकहरू अनुषा उप्रेती, आयुष्मा भण्डारी, ऋत्विक केबी, दर्शना सापकोटा, निमिषा निरौला, समर्पण न्यौपाने, सुमिना दाहाल, सुविज्ञा सुवेदी, सुस्मिता ढुङ्गानाले “सिर्जनामा नयाँ पुस्ता“ सत्रमा आ-आफ्ना रचनाहरू वाचन गर्नु भयो । साहित्य सर्जक तुल्सी घिमिरेको अभिभावकत्वमा कुबेर पराजुलीले सो सत्रको सहजीकरण गर्नु भएको हो ।

“साहित्यमा शरीरको राजनीति” विषयक कार्यपत्र प्रस्तुत गर्दै डा. रजनी ढकालले विषय चर्चा, सामुहिक वहस कार्यक्रम मेनु तिमल्सिनाले सहजीकरण गर्नु भएको यस सत्रमा मनोज लोहार र प्रतिमा पाठकको टिप्पणी रहेको थियो ।

मुक्तक सर्जक हरिकृष्ण काफ्लेलाई टिपोटकर्ता तोकिएको “मुक्तक वाचन” सत्रको सहजीकरण भवानी तिमल्सिनाले गर्नुहुँदै मुक्तक सर्जकहरू अमृता पोख्रेल, ओमभक्त भण्डारी, गोकणर् मोक्तान, देवेन्द्र सञ्जेल, प्रयासी प्रविना पौडेल, माधव पोख्रेल, राजेन्द्र घिमिरे, विश्व राई, सञ्जित श्रेष्ठ, सुवास सजल, स्वस्तिका बानियाँ र हेमन्त ढुंगेलले मुक्तकहरू वाचन गर्नुभयो ।

“वाह ! गजल” विषयमा गजल सर्जक कमल नेपाल, गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, धर्मराज स्याङ्तान, बबी थापा, रमेश रसिक, लक्ष्मण पौडेल, विश्वनाथ सञ्जेल, सिएम रिमाल र हरि पौड्यालले २/२ वटा गजलहरू वाचन गर्नुभयो । गजल मञ्च मकवानपुरका निवर्तमान अध्यक्ष देवराज तिवारीको अभिभावकत्वमा मनोज पोखरेलले सहजीकरण गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेश प्रज्ञा परिषदका कूलपति भुपाल राई, साहित्य समीक्षक महेश पौड्याल, कविहरू निमेष निखिल, भुपिन, प्रज्वल अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

महोत्सवको दोस्रो दिन अर्थात् शनिबार साहित्य सन्ध्या सम्मान तथा कृति विमोचन गद्य तथा पद्य कविता वाचन र कवितामाथि वहस सत्रहरू सञ्चालन हुनेछन् । साहित्य सर्जक अमर न्यौपाने, विना थिङ र भूपिनले आख्यानमाथि बहस चलाउनु हुनेछ भने कवि मनु मञ्जिल, साहित्य समीक्षक घनश्याम घिमिरे र सुमिनाले कवितामाथि बहस चलाउनु हुनेछ ।

साहित्य संगमको ३३०औं साहित्य सन्ध्याको अवसरमा शम्भुप्रसाद बास्कोटा, सञ्जय शाकह, कृषाङ्गी अर्याल, सुदेश सत्याल, मनु मञ्जिल, छवि अनित्य, विना थिङ, महेश पौडेल, पूणर्कला घिमिरे, एसके निधन, विपासना थापा विविध सम्मानबाट सम्मानित हुनुहुनेछ ।

साथै कृतिका लौडारी, पुरुषोत्तम आचार्य, प्रसन्ना चौलागाईँ, रियाज कार्की, विधान आचार्य, सुदेश सत्याल, स्वस्तिका दाहाल, श्यामकुमार बानियाँका छन्द वाचनका साथै अनिल कोइराला, दीपक गौतम, देवव्रत, प्रज्ज्वल अधिकारी, बिर्खे अन्जान, भावना सापकोटा, मसान उपासक, महेश क्षितिज, यश लामा, युग सर्वनाम, सविता तिमल्सिना, संप्रस पौडेल, शान्ति प्रियवन्दना, हेमन्त शिशिर आदिका विविध कविताहरू वाचन हुनेछन् ।

जिएस निकेतनमा अध्ययनरत आदर्श पौडेलको ःबपष्लन ष्त भबकथ र सुदर्शन पौडेलद्वारा लिखित पुस्तक बैङ्किङ क्षेत्रमा बढेका पाइलाहरू विमोचन हुनेछन् ।

२०४४ सालदेखि सक्रिय साहित्यिक संस्था साहित्य संगम मकवानपुरले पहिलो पटक यस महोत्सव आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिका मकवानपुर सहयोगी रहेको दुई दिवसीय महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्यमा रोयल प्यालेस हेटौंडामा आयोजना भइरहेको छ ।

०००
-हेटौडा प्रतिनिधि संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x