साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्जुश्री साहित्यिक समाजको ५९ औं श्रृङ्खला

गोष्ठीमा प्रमुख अतिथि प्रा.गङ्गा लिगल, विशेष अतिथि डा.विष्णुबहादुर भण्डारीले वाचित कविताको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख ८ । डा.बमबहादुर थापा जितालीको सभापतित्वमा मञ्जुश्री साहित्यिक समाजको ५९ औं नियमित प्रविधिमैत्री कवि गोष्ठी सम्पन्न भयो ।

उक्त गोष्ठीमा प्रमुख अतिथि प्रा.गङ्गा लिगल, विशेष अतिथि डा.विष्णुबहादुर भण्डारीले वाचित कविताको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

अतिथि कवि जगदीश्वर पोखरेल, चूडा निर्भीक, टेकबहादुर लौडारी, हरिप्रसाद घिमिरे, ललिता खरेल, द्वारिका कुइकेल, दुष्यन्त भट्टराई, हरि चौलागाईं, शान्ति भण्डारी दाहाल, अनन्तराज लोहनी, दुर्गा अधिकारी भमरकोटे, लक्ष्मीप्रसाद मिश्र आदि उपस्थित कविहरूले माता, पिता, राष्ट्रियता र छन्ददिवसका सन्दर्भमा रचिएका सुन्दर कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन लोककवि वीरबहादुर लोहनीले गर्नुभएको थियो भने कविता पनि वाचन गर्नुभएको थियो । अन्त्यमा सभापतिबाट कविता वाचन र धन्यवाद ज्ञापनका साथै कविगोष्ठी सम्पन्न भयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x