साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकविको साथमा मकालु साहित्यिक समाजको कवि गोष्ठी

महाकवि एवम् हिमालय माविका पूर्व शिक्षक सोमराज ‘अभय’ लाई हिमावि खाँदबारीका प्रअ र मकालु साहित्य समाजका पदाधिकारीले सम्मान गरेका थिए ।

Nepal Telecom ad

खाँदबारी, ०८०, १६ वैशाख । हिमालय मावि खाँदबारीको सेमिनार हलमा महाकवि साेमराज अभयको समुपस्थितिमा कविता गोष्ठी आयोजना भयो । मकालु साहित्य समाजको आयोजनामा सम्पन्न उक्त गोष्ठी अध्यक्ष ताराबहादुर बुढाथोकीको सभापतित्वमा सन्चालन भएको हो ।

महाकवि एवम् हिमालय माविका पूर्व शिक्षक सोमराज ‘अभय’ लाई हिमावि खाँदबारीका प्रअ र मकालु साहित्य समाजका पदाधिकारीले सम्मान गरेका थिए । रुद्राक्ष माला र खादालेसमाजका सल्लाहकार तथा हिमालय मावि खाँदबारीका प्रअ वीरबहादुर राईले स्वागत गरेका थिए । मकालु साहित्य समाजका अध्यक्षले मायाको चिनो प्रदान गरेका थिए ।

गीतकार एवम् कवि हेमराज खड्का, कवि ताराबहादुर बुढाथोकी, कवि सुदर्शन कट्टेल, कवि रामप्रसाद लम्साल, कवि तारा घिमिरे, कवि दीक्षा लिम्बु, कवि दुर्गा कट्टेल, कवि सुन्दरी खतिवडा, कवि पुरुषोत्तम पोखरेल, कवि कृष्ण चापागाई, कवि लक्ष्मी ढुङ्गाना, कवि राजेन्द्र सर्वहारा, कवि रचना निरौलाले कविता बाचन गरेका थिए । कविहरूका वाचित कवितामा शासनका विसङ्गतिको चित्रण गर्दै समाज राष्ट्रप्रति गहिरो चिन्ता र तीब्र आक्रोश थियो । गोष्ठीमा वाचित कवितामाथि समीक्षा टीकाराम श्रेष्ठले गरेका थिए । समाजसेवी दुर्गा विष्ट, विव्यस अध्यक्ष शेरबहादुर वन, प्रमुख अतिथि सोमराज अभयले शुभकामना मन्तव्य दिएका थिए । प्रमुख अतिथिले मन्तव्यमा खुसी प्रकट गर्दै कविहरूले राष्ट्र सुधार आन्दोलन चलाउनुपर्ने बताए ।

०८० सालमा सङ्खुवासभामा अन्तरराष्ट्रिय साहित्यिक साँस्कृतिक सम्मेलन गर्ने, आगामी वैशाख २९ गते टीकाराम पुरीले लेखेको ‘खाली खुट्टा’ पुस्तक चर्चा र नगरस्तरीय काविता प्रतियोगिता सम्पन्न गर्ने निणर्य पनि गरिएको छ । मकालु साहित्य समाजमा ७ जना सदस्यहरू थप गरी १९ सदस्यीय समिति गठन गरियो भने दुर्गाबहादुर बिष्टको संयोजकत्वमा जग्गा खोज समिति पनि गठन गरियो ।

विव्यस अध्यक्ष सेरबहादुर पराजुलीद्वारा धन्यवाद सहित कार्यक्रम समापन गरिएको थियोे ।

०००
– खाँदबारीबाट ताराबाबु

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x