सुलसुलेसमालोचक र समीक्षकहरू सम्मानित हुँदै
साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्याएका दुई दुईजना समालोचक र समीक्षकलाई सम्मानित गरिने छ ।

काठमाडौं, ०८० जेठ १४ । साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्याएका दुई दुईजना समालोचक र समीक्षकलाई सम्मानित गरिने छ ।
सम्मानतर्फ ‘सापस स्वणर् महोत्सव समालोचना विशिष्ट सम्मान-२०७९’बाट अग्रज वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीलाई सम्मानित गरिने छ । सोही कार्यक्रममा ‘सापस स्वर्ण महोत्सव समीक्षा सम्मान-२०७९’बाट समीक्षकहरू ज्ञानु अधिकारी र छविरमण सिलवाललाई सम्मानित गरिने छ ।
उक्त निणर्य संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले गरेको हो । दुबै सम्मानका लागि वरिष्ठ साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’ संयोजक, हिरण्यकुमारी पाठक र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समिति बनेको थियो ।
पुस्तक समालोचना र समीक्षामा सम्मानको घोषणा सम्भवत यो पहिलो निणर्य हो । स्मरण रहोस् सापसले आफ्नो स्वणर् महोत्सवको अवसरमा केही महिनाअगि पहिलोपटक पुस्तक सम्पादकहरूलाई पनि सम्मानित र पुरस्कृत गरेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































