साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुकाहरू

‘हेर ! यी शासक भनेका हामी गरीबहरूको रगत पसिना चुस्ने जुका रहेछन् जो गरीबहरूकै वर्तमान र भविष्यमाथि खेलवाड गर्नमा पोख्त भएका छन् ।’ यति भन्दै ऊ भुइँको परालको मुठो टिपेर गाईगोठतिर पस्यो ।

Nepal Telecom ad

दिव्य गिरी :

‘आज जुलुसमा जानु पर्दैन ?’ उसकी स्वास्नीले सोधी ।
‘किन जानु जुलुस सुलुसमा ?’ उसले रुखो आवाजमा प्रति प्रश्न गर्‍यो ।

‘लौ किन रे ! आज गणतन्त्र दिवस भन्ने बिर्सियौ ? पोहर परार त फुर्तिसाथ जान्थ्यौ त गणतन्त्र दिवस मनाउन ।’ स्वास्नीले सम्झाई ।
‘था छ । यो कुरा तैँले सम्झाउनु पर्दैन ।’

‘अनि किन त आज चुपचाप घरमै थच्चिएर बसेका छौ ?’ स्वास्नीले कटाक्ष गरी ।
‘त्यो गणतन्त्रल मलाई के दियो ? तँलाई के दियो ? न हाम्रो बेपत्ता भएको छोरो खोजिदियो न त ऊ नै फर्केर आयो । सन्तानको पीरलाई छातीमा उमालेर बाँच्नु पर्‍या छ । हरेक वर्षको गणतन्त्रमा घाँटीको नसा पनि छिन्ने गरी जिन्दावाद र मुर्दावादको नारा घन्काएँ । त्यो सबै व्यर्थ रहेछ । महङ्गीको खाडलमा जाकिएँ । पूर्खाले कमाएको वीरत्व र स्वाभिमान गुमाएँ । हिजो जुन सपना मैले देखेको थिएँ त्यो सपना सबै झरेको पातलाई आँधीले उडाएर लगेजस्तो कहाँ पुग्यो पुग्यो । एउटा राजा लखेटेर सयौं राजा बनाएँ । आज तिनै राजाहरूले देश लुटेको खबर पढिरहेछु । सत्ताको निम्ति ताण्डव नृत्य गरेको हेरिरहेछु । गणतन्त्र ठगतन्त्र बनाएपछि केको लागि जुलुसमा जानु ?’ उसले लामै भाषण सुनायो ।

‘भनेपछि तिम्रो आँखा बल्ल खुलेछ, होश पनि आएछ । मैले त हामी गरीबको लागि जुनसुकै व्यवस्था आए पनि आपैmले रगत पसिना नबगाई चुल्होमा आगो बल्दैन भनेकै थिएँ । बडो जान्ने भएर आफ्नो छोरालाई समेत उचाल्यौ । अहिले न छोरा भन्न पाइयो न त दुःख नै हट्यो ।’ उसकी स्वास्नीले भनी ।

‘हेर ! यी शासक भनेका हामी गरीबहरूको रगत पसिना चुस्ने जुका रहेछन् जो गरीबहरूकै वर्तमान र भविष्यमाथि खेलवाड गर्नमा पोख्त भएका छन् ।’ यति भन्दै ऊ भुइँको परालको मुठो टिपेर गाईगोठतिर पस्यो ।

०००
जेठ १५, २०८०
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x