साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरीबको बक-पत्र

सरकार भन्दैमा नहुनेरहेछ गरीबको निम्ति ऊ सधैँ कठोर, निर्मम र निरङ्कुस हुनेरहेछ आजसम्म उसले गरीबको आँसु पुछ्न जानेकै छैन आजसम्म उसले ।

Nepal Telecom ad

दिव्य गिरी :

गरीब हुनु पनि
ईश्वरकै वरदान होइन होला
ल, भइगो मैले
यसलाई पनि स्वीकार गरें
तर यो चाहीँ थाहा भएन
व्यबहारले
कानूनले
र समाजले
मलाई गरिबीकै कुवामा
जीवनभर छटपटाएर बाँच्न
मेरो सरकार नै
किन जोरजुलुम गरिरहन्छ ?
मेरो सरकार नै
किन अन्यायको बर्को ओढाइरहन्छ ?
श्रीमान् !
के म यो देशको नागरिक होइन ?
के यो देशमा जन्मनु मेरो पाप हो ?
मेरो पुर्खाले पनि यो देशको माटो
रगत र पसिनाले भिजाएकै हुन्
यो देशको निम्ति आफ्नो बलि चढाएकै हुन्
चुसेर मेरो पुर्खाको रगत र पसिनाले
धनी बनेकाहरूको योगदान भन्दा
कमी छैन मेरो पुर्खाको योगदान पनि
निसाफै गर्ने हो भने
यो देशमा
मेरो पनि उत्तिकै अधिकार छ
जत्ति धनीहरूको अधिकार छ ।
श्रीमान् !
गरीबको पनि मन हुन्छ
गरीबको पनि सपना हुन्छ
गरीबको पनि वर्तमान र भविष्य हुन्छ
तर श्रीमान् !
मेरै वर्तमानमाथि
तपाईंको सरकारको मनोमानी चलेको छ
तपाईंको सरकारको ज्यादती बढेको छ
तेसैले मैले देखेको छु कि
मेरो भविष्य खतरामा छ
मेरो भविष्य अन्धकारमा छ ।
श्रीमान् !
गरीबको पनि धर्म हुन्छ
गरीबको पनि मर्म हुन्छ
गरीबको पनि कर्म हुन्छ
लेखेर राख्नोस् कि
गरीबले कहिल्यै पनि
देशको कुभलो चिताउँदैन
देशको विरूद्ध आवाज उठाउँदैन
यति त पक्का हो श्रीमान् !
अधिकार र शक्तिहीन म गरीब मान्छे
म आफ्नै जन्मभूमीलाई बेच्न सक्दिन
म आफ्नै देशको आँगन
पराईको रणभूमी बनाउन सक्दिन
किनकि, मलाई त
आफू भन्दा बढी देशको माया छ
आफू भन्दा बढी देशको चिन्ता छ
यस कारण कि
देशै रहेन भने म कहाँ जाने ?
देशै भएन भने मेरो परिचय के हुने ?
मलाई यही देशमा जन्मेर
यही देशमा मर्नु छ
मलाई यही देशको माया गर्नु छ
तेसैले पनि होला
मेरो पुर्खाले भनेकै हुन्
‘जननी जन्मभूमीस्चः स्वर्गादपी गरीयशी’ ।
हो श्रीमान् !
मैले कहिल्यै झूठ बोलेको छैन
यत्ति चाहीँ भनेकै हुँ –
महङ्गी बढाएर दिनदिनै
सरकार मलाई ज्युँदै मार्न खोज्दै छ ।
चढाएर दिनदिनै महङ्गीको सगरमाथा
मेरो गरिबीको हुर्मत लिन खोज्दै छ
सरकारको नाममा सरकार नै
गरीबको सपनामाथि बलात्कार गर्दैछ
गरीबको जिन्दगीमाथि धावा बोल्दैछ ।
धनले गरीब भए पनि
मनको धनी म
म गरीब कहिल्यै देशको कुभलो चाहन्न
म गरीब कहिल्यै देश बेचेर खाँदिन ।
सत्य हो, छातीमा हात राखेर भन्छु
सरकार भन्दैमा नहुनेरहेछ
गरीबको निम्ति ऊ सधैँ
कठोर, निर्मम र निरङ्कुस हुनेरहेछ
आजसम्म उसले
गरीबको आँसु पुछ्न जानेकै छैन
आजसम्म उसले
गरीबको दिल रोएको देखेको छैन
त्यति हो गरीबको दुःखमाथि
सरकारले अट्टहास गर्न मात्र जानेको छ
श्रीमान् !
मैले जे भनेको छु
सत्य बोलेको छु
सत्यबाहेक झूठ बोलेको छैन
श्रीमानको जो आदेश !!!

०००
असोज १३, २०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x