साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वीर नभन

भ्रष्ट हुँ, बेइमान हुँ दलाल हुँ, ठग हुँ स्वार्थको निम्ति दाजुभाइकै रगतमा होलि खेलेर हिँड्नेहरूको भीडमा बाँच्ने म भ्रष्ट नागरिकलाई भो त्यति ठूलो सम्मान नदेऊ बिन्ती छ, मलाई वीर नभन ।

Nepal Telecom ad

दिव्य गिरी

महासय,
भो, अब मलाई वीर नभन
भो, अब मलाई बहादुर पनि नभन
पुर्खाको विराशदले मात्र वीर नभइने रहेछ
पुर्खाको बहादुरीले मात्र बहादुर नहोइने रहेछ
वीर हुन वीरत्व देखाउन पनि सकिएन
बहादुर हुन बहादुरी गर्न पनि सकिएन
देशको सीमा जोगाउन नसक्ने मलाई
वीर भनेको सुहाँउदैन
देशको स्वाभिमान बचाउन नसक्ने मलाई
बहादुर भनेको सुहाउँदैन ।

वीर हुन त पुर्खाको जस्तै योगदान हुनुपर्छ
बहादुर हुन त पुर्खाको जस्तै बहादुरी गर्न सक्नुपर्छ ।

महासय,
बरु मलाई भ्रष्टाचारी भन
किनकि, म भ्रष्टाचार गर्नमा माहिर छु
भ्रष्टाचार कै निम्ति मैले
ठूलाठूला काण्डहरू गरेको छु
देशका उद्योगहरू बेचेको छु
देशका नदीनाला बेचेको छु
उद्योगीसँग मिलेर कर छलेको छु
व्यापारीसँग मिलेर भन्सार छलेको छु
दलालीसँग मिलेर
सरकारी र सार्वजनिक जग्गा हडपेको छु
आफू र आफ्ना झोलेहरूलाई ख्वाउन
देशको ढुकुटी रित्याएको छु
गरीबको पसिना हो भनेर जान्दाजान्दै
गरीबकै पसिना चुसेको छु ।

महासय,
साँच्चै भन्नुपर्दा
मैले मेरो निम्ति जीवनभर
देश र जनताको नाममा
भ्रष्टाचार गरिरहेको छु
हिजो पनि आज पनि
केवल भ्रष्टाचार गरेको छु ।

बिन्ती छ, मलाई वीर नभन
बिन्ती छ, मलाई बहादुर नभन
महासय, भन्नु नै छ भने
बिन्ती छ, मलाई भ्रष्टाचारी भन
कृपया मलाई भ्रष्टाचारी भन ।

पैसा र पदको निम्ति नैतिकता त्यागेर
सत्ता र शक्तिकोे निम्ति इमान्दारिता छोडेर
सधैँ भ्रष्ट मति लिएर हिँड्नेहरूको भीडमा
म पनि तिनीहरूजस्तै
भ्रष्ट हुँ, बेइमान हुँ
दलाल हुँ, ठग हुँ
स्वार्थको निम्ति दाजुभाइकै रगतमा होलि खेलेर
हिँड्नेहरूको भीडमा बाँच्ने
म भ्रष्ट नागरिकलाई
भो त्यति ठूलो सम्मान नदेऊ
बिन्ती छ, मलाई वीर नभन ।
बिन्ती छ, मलाई बहादुर नभन ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x