साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृष्ण शर्मा सुमुको ‘झरीच्याउ’ जिब्राेमा परेपछि

‘आलुदम’मा- आलु जस्तो हरिलट्ठक पनि छन् भनेको सुन्नुभयो होला । हरिलट्ठकको मतलब केही नबुझी अरुको कुराको सालको सार मिलाउने आफ्नो दिमाग नचलाउने हामी पहाड़ेको सन्तान ।

Nepal Telecom ad

विष्णु थापा

आफूले विषयवस्तु छानेपछि त्यसको आन्द्राभुँडी़को पनि मुटु कलेजो खोजेर त्यसको सूक्ष्म विश्लेषण गर्नमा अनि साधारण व्यक्तिले एक पंक्ति पनि नसोचेको कुरोलाई सशक्त, रोचक अनि सफल रूपमा एउटा निबन्ध नै बनाउन सक्नु लर्तरो कुरो अवश्य नै होइन । कुनै पनि विषयलाई विस्तृत रूपमा पारिवारिक, सामाजिक, राजनैतिक, धार्मिक परिपाटीमा उभ्याएर त्यसको चरित्रको चित्राङ्कन गर्नमा खप्पिस् चित्रकार देखें सुमुज्युलाई।

सर्वप्रथम त आफूलाई कसैले बुड़ो भन्यो भने हामी झनक्क रिसाउँछौं । तर यहाँ कृष्ण सुमुले ‘बुड़ो’को सन्दर्भमा बेलीबिस्तार बुझाउनु भएको छ । अब कसैले मलाई बुड़ो भने म रिसाउँदिनँ कि !

भानुबाजेलाई पत्रात्मक रूपमा लेखिएको व्यङ्ग्य रचनामा रचना व्यङ्ग्यात्मक त मलाई लागेन । बरू हामी अथवा हाम्रो बर्तमान समाज नै व्यङ्ग्यात्मक स्थितिमा रहेको छर्लङ्ग हुने गरी आभाष दिएको छ ।

‘नाक’को निबन्धमा नाकको शारीरिक गठन लिएर विभिन्न भनाईको विशेषण र विशेषताहरू व्यङ्गात्मक रूपमा कोरिए तापनि अन्तमा नाक एउटा मानिसको इज्जत, संस्कारपूणर् स्वभावको परिचायक हो । र त रचनाको अन्तमा लेखिएको छ, ‘…नाक फाल्नेहरू आइदिए त जिन्दगी बेरमाइलो हुन्छ । घरको गृहमन्त्री पनि नाक राख्ने हुनु पर्छ । नत्र त्यो मकैको खोया जस्तो पालेर केही फाइदा छैन ।’

‘उहिले फलाना बाजे र फलाना बजु भाग्यो अरे !’ भन्ने सुनिन्थ्यो । आजभोलि भने फेसबुकमा सिङ्गल हुनेहरूले घर परिवारलाई धोका दिइरहेको हुन्छ । कतिपय अङ्कलहरू आफ्नो विपरीत (न छोरी भन्नु मिल्छ न त भान्जी भन्नु मिल्छ) सँग अनाम सम्बन्धको प्रेम गरिरहेको हुन्छ । कतिपय लोग्ने व स्वास्नी काम गर्न विदेशिएको व्यक्तिको घर यसरी नै उजाडिन्छ । समाजमा व्याप्त असामाजिक यस्तै यस्तै विषय लिएर आजभोलि झरीच्याउ झैं पलाएको प्रेमप्रसङ्गलाई सुन्दर ढङ्गमा कोरिएको रहेछ । एउटा पंक्ति-

‘घरको कोठाभरि छोरा छोरी हुने मान्छेहरू अलिकति कोल्टे हुनु पायो कि फोनमा गुनगुन गरेको देख्दा म छक्कै पर्छु । सबै एकै प्रकारका छन् भनेको होइन, कति त परिवार, घर-संसारको लागि बलिदान दिने बुढ़ाबुढी पनि छन् । उनीहरूको माया पो चोखो माया त । बुढ़ा/बुढ़ीको झूटको पर्दाभित्र गरेको प्रेम कति दिन पो सफल होला र ?’

किताबको शीर्षक रचना ‘झरीच्याउ’ पहिलो भागले भन्दा दोस्रो भागले निकै घच्घचाएको छ ।
’….आजकल झरीच्याउ जस्तो फट्टाफट यी लेखनदासहरूको जन्म भएको कुरा हजुरलाई याद नि छ । अब हुनु पनि पर्छ नि, साहित्य समाजको दर्पण भएपछि ।…..

‘विडम्बना के छ भने एक दुई सिँड़ीमाथि चढेका अग्रजहरूले झरीच्याउ साहित्यकारलाई साथ लिएर नहिँड़्नु जस्तो कुराले मेरो मन अलिकति अमिलो भएको छ । यसरी साथ नपाउँदा नि सिकारु झरीच्याउहरू जमिनमा नि खुट्टा राख्न नपाई विलुप्त हुने गर्छन् ।’

‘आकाशबाट बर्सिने फुरौला त कोही होइन होला । कसै न कसैको हात र साथ पाएर नै अघि बढ़े होलान ्।’

‘आलुदम’मा- आलु जस्तो हरिलट्ठक पनि छन् भनेको सुन्नुभयो होला । हरिलट्ठकको मतलब केही नबुझी अरुको कुराको सालको सार मिलाउने आफ्नो दिमाग नचलाउने हामी पहाड़ेको सन्तान ।

’अझ बिमारी छु मात्र भन्नु, हजुरलाई दबाई र नियमसङ्गत कति सल्लाह दिन्छन् । कि आधा जति बिमारी त बिना एम.आर.आई.नि पत्तो लाग्छ । यहाँसम्म कि पेटभित्रका समस्याहरू पनि मुखले ठिक्कै पारिदिन्छन्, तर एक रुपियाँको गोली खाऊ भन्ने नदेख्दा छक्क पर्छु म त ।’

यसरी आफन्तहरूको आफन्तपनालाई टर्चलाइटको उज्यालोमा देखाउने प्रयास गरेका छन् लेखकले निबन्ध ‘मपाईँवाद’ रचनामा ।

अब हुनु पनि हो । अरूले जे नै भनोस् न, कानमा दुई केजीको रूवा खाँदेर हिंड्ने । सिधा प्रहार गरेर भन्नुपर्दा विष नभएको साँप र हामी ईख नभएको पहाड़ेको सन्तान ।

यस ‘झरीच्याउ’ निबन्ध कृतिमा यसरी नै विभिन्न पक्षहरूलाई लिएर पाठकवर्गलाई झकझकाउँदै कतिपय सन्देश दिइएको छ ।

यसरी नै समाजका विविध अलौटो र ठेटना छुट्याउनुमा प्रयासरत लेखक निकै नै सफल देखिन्छन् । यसमा समेटिएका ४४ वटा व्यङ्ग्यात्मक निबन्धको सम्पूर्ण रचनाको समालोचना गर्न परे शायद महाभारत नै बन्न जाला । साथै पाठकवर्गलाई असजिलो पर्ने डरले म यहीं नै रोकिएँ ।

०००
सिलिगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x