साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेको रजाइँ

बस्तीहरू निरास छन् झोपडीहरू रूँदैछन् बाली नाली खडेरीले खाएर ढुकुटी रित्तै छ यस्तो रजाइँ गर्न पल्केर साँढेहरू आजकल उम्लेका छन् उन्मत्त बेलगाम भएका छन् ।

Nepal Telecom ad

प्रभा पोखरेल

साँढेको कहरमा
कयौँ रहर
ओझेल परेर
सन्नाटा छाएको छ,

कानूनी रवैयाको
पासोमा परेर
यात्राकै यात्री
धरापमा पर्दा
रमिते बनेका मुकदर्शक
साँढेहरू
आलिसान दरवारमा
देश लुट्न तरवार
उध्याइरहेका छन्,

कुर्सीमा जरो गाड्न
बनेको जालो
डुहुरे मुसाले मात्र हैन
कतै व्वाँसा छिरेर
भाड्लान् भन्ने
डरले
ठाउँ ठाउँमा
तोप गोलासहित
कोही साँढे
पहरा दिन व्यस्त छन्,

भान्से र भातकराउ
नाका नाका धाएर
चाकडीको चिल्लो घस्तै
खुट्टाको जल शिरमा चढाएर
भक्ति धारा जपिरहँदा
किर्नाझैँ
भुँडीवाल साँढेहरू
बाक्लो शैयामा पल्टेर
सपनाको
मिठो देश लुट्ने
उर्लदो उत्कण्ठा समालेर
हुक्काको सर्कोमा
चर्को धुँवासँगै
रवाफका कवाफ
फालिरहेछन् ।

यस्ता विना
चेतका मिचाहा
साँढेको भाडँभैलोमा
थिचिएर
बाच्छा बाच्छीको
हालत समाल्न नसक्दा
बस्तीहरू निरास छन्
झोपडीहरू रूँदैछन्
बाली नाली खडेरीले
खाएर
ढुकुटी रित्तै छ
यस्तो रजाइँ गर्न पल्केर
साँढेहरू
आजकल उम्लेका छन्
उन्मत्त बेलगाम भएका छन् ।

०००
नर्थ क्यारोलाइना, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म, कोट र हात्ती !

म, कोट र हात्ती...

प्रभा पाेखरेल
तीन ठोक्तक

तीन ठोक्तक

प्रभा पाेखरेल
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x