साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मायाको एक्स्पायरी डेट

दुईचार दिनमै ब्रेक-अप हुने, छुटेपछि एक्स रे, बाचा कसम जस्तै सस्तो नेट हुन्छ अचेल ।

Nepal Telecom ad

जुनी भण्डारी

मायाको एक्स्पायरी डेट हुन्छ अचेल
खुद्रा अनि होल्सेल यस्को रेट हुन्छ अचेल ।

किन चाहियो हुलाक अनि मध्यस्तकर्ता,
म्यासेन्जर नै दिलमा छिर्ने गेट हुन्छ अचेल ।

चिठ्ठीपत्र चाहिँदैन, सायरी मुक्तक कोरिंदैन,
अनलाईनमै चौबिस घण्टा भेट हुन्छ अचेल ।

ब्युटी मोडमा फोटो खिचि फेसबुकमा राखेपछि,
दुई मिनेटमै रिलेशनसीप सेट हुन्छ अचेल ।

दुईचार दिनमै ब्रेक-अप हुने, छुटेपछि एक्स रे,
बाचा कसम जस्तै सस्तो नेट हुन्छ अचेल ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x