बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

मायाको एक्स्पायरी डेट

दुईचार दिनमै ब्रेक-अप हुने, छुटेपछि एक्स रे, बाचा कसम जस्तै सस्तो नेट हुन्छ अचेल ।

Nepal Telecom Spring Offer

जुनी भण्डारी

मायाको एक्स्पायरी डेट हुन्छ अचेल
खुद्रा अनि होल्सेल यस्को रेट हुन्छ अचेल ।

किन चाहियो हुलाक अनि मध्यस्तकर्ता,
म्यासेन्जर नै दिलमा छिर्ने गेट हुन्छ अचेल ।

चिठ्ठीपत्र चाहिँदैन, सायरी मुक्तक कोरिंदैन,
अनलाईनमै चौबिस घण्टा भेट हुन्छ अचेल ।

ब्युटी मोडमा फोटो खिचि फेसबुकमा राखेपछि,
दुई मिनेटमै रिलेशनसीप सेट हुन्छ अचेल ।

दुईचार दिनमै ब्रेक-अप हुने, छुटेपछि एक्स रे,
बाचा कसम जस्तै सस्तो नेट हुन्छ अचेल ।

०००
हेटौँडा

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
लजायो लाज पनि

लजायो लाज पनि

पदम भण्डारी
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
अचम्म !

अचम्म !

हाेमनाथ घिमिरे
हैन साली पनि

हैन साली पनि

चिरञ्जीवी दाहाल