सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रश्नै प्रश्न

सत्ता र शक्ति हुनेले जे पनि गर्न हुने अनि मैले चाहिँ केही गर्न नहुने ? सरकारले इमान बेच्न हुने सरकारले स्वाभिमान बेच्न हुने सरकारले इज्जत बेच्न हुने म गरीब जनताले पसिना बेच्न नहुने ? म गरीबको छोराले रगत बेच्न नहुने ?

Nepal Telecom ad

दिव्य गिरी :

तिमीले युवा युवती बेच्नु हुने
तिमीले देशको स्वाभिमान बेच्न हुने
तिमीले देशको इतिहास बेच्न हुने
तिमीले देशको भूगोल बेच्न हुने
तिमीले देशको धर्म बेच्न हुने
तिमीले देशको संस्कृति बेच्न हुने
मैले मान्छे बेच्न किन नहुने ?

हो, मैले सक्कलीलाई नक्कली बनाएर बेचेँ
हो, मैले आफ्नो देशको नागरिकलाई
अर्काको देशको शरणार्थी बनाएर बेचें
सरकारमा बस्नेले सबैथोक बेचेका छन्
सरकारमा बस्नेले उद्योगधन्दा बेचेका छन्
सरकारमा बस्नेले काण्डैकाण्ड गरेका छन्
सत्ता र शक्ति हुनेले जे पनि गर्न हुने
अनि मैले चाहिँ केही गर्न नहुने ?
सरकारले इमान बेच्न हुने
सरकारले स्वाभिमान बेच्न हुने
सरकारले इज्जत बेच्न हुने

म गरीब जनताले पसिना बेच्न नहुने ?
म गरीबको छोराले रगत बेच्न नहुने ?

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरीबको बक-पत्र

गरीबको बक-पत्र

दिव्य गिरी
राम राम ! हरे राम !!

राम राम ! हरे...

दिव्य गिरी
प्रेतहरू

प्रेतहरू

दिव्य गिरी
जुकाहरू

जुकाहरू

दिव्य गिरी
वीर नभन

वीर नभन

दिव्य गिरी
हन्तकाली

हन्तकाली

दिव्य गिरी
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल