सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राम राम ! हरे राम !!

लुटमाथि लुट छ, कहाँ छ यस्तो ठाम ? जसलाई सज्जन ठान्यो, उही छ हराम मुखुण्डोधारी तस्करहरूको खोई बदनाम ? नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

Nepal Telecom ad

दिव्य गिरी :

जहाजमा उडेर आउँछ सुन धमाधम
सुन नपक्रने भ्रष्ट जाँचकीको के काम ?
अख्तियारमा अनेक अनेक काण्डको जाम
नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

कोही भने खाताराम, कोही दाताराम
भ्रष्ट मन्त्री र सचिवको बैंकमा दामैदाम
भुटानी शरणार्थी काण्डमा किन छलछाम ?
नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

बिहान बिहान सुन्नुपर्ने भ्रष्टहरूकै नाम
लुट्ने मात्र हो भने राजनीतिको के काम
पाप पखाल्न तीर्थ छन्, जाऊ चारधाम
नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

नेता गर्ने कालो काम स्वास्नी बुझ्ने खाम
कोही भने मस्तराम, कोही सीताराम
भ्रष्टाचारमा रमाउने नेताको के काम ?
नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

लुटमाथि लुट छ, कहाँ छ यस्तो ठाम ?
जसलाई सज्जन ठान्यो, उही छ हराम
मुखुण्डोधारी तस्करहरूको खोई बदनाम ?
नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरीबको बक-पत्र

गरीबको बक-पत्र

दिव्य गिरी
प्रेतहरू

प्रेतहरू

दिव्य गिरी
प्रश्नै प्रश्न

प्रश्नै प्रश्न

दिव्य गिरी
जुकाहरू

जुकाहरू

दिव्य गिरी
वीर नभन

वीर नभन

दिव्य गिरी
हन्तकाली

हन्तकाली

दिव्य गिरी
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल