साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम राम ! हरे राम !!

लुटमाथि लुट छ, कहाँ छ यस्तो ठाम ? जसलाई सज्जन ठान्यो, उही छ हराम मुखुण्डोधारी तस्करहरूको खोई बदनाम ? नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

Nepal Telecom ad

दिव्य गिरी :

जहाजमा उडेर आउँछ सुन धमाधम
सुन नपक्रने भ्रष्ट जाँचकीको के काम ?
अख्तियारमा अनेक अनेक काण्डको जाम
नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

कोही भने खाताराम, कोही दाताराम
भ्रष्ट मन्त्री र सचिवको बैंकमा दामैदाम
भुटानी शरणार्थी काण्डमा किन छलछाम ?
नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

बिहान बिहान सुन्नुपर्ने भ्रष्टहरूकै नाम
लुट्ने मात्र हो भने राजनीतिको के काम
पाप पखाल्न तीर्थ छन्, जाऊ चारधाम
नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

नेता गर्ने कालो काम स्वास्नी बुझ्ने खाम
कोही भने मस्तराम, कोही सीताराम
भ्रष्टाचारमा रमाउने नेताको के काम ?
नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

लुटमाथि लुट छ, कहाँ छ यस्तो ठाम ?
जसलाई सज्जन ठान्यो, उही छ हराम
मुखुण्डोधारी तस्करहरूको खोई बदनाम ?
नेपाली जपिरहु सधैँ राम राम ! हरे राम !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x