साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेतहरू

म प्रेतबाट मुक्ति पाउन प्रेतहरूले निकालेको जुलुसमा भाग लिएर  शहर परिक्रमापछि भेडीगोठ अघिल्तिर उभिएर निरन्तर नारा लगाइरहेछु - हाम्रा प्रेतहरू जिन्दावाद !

Nepal Telecom ad
दिव्य गिरी :
उहिले उहिले प्रेतहरू
दोबाटो र चौबाटोमा बस्थे
रात परेपछि अँध्यारोमा निस्किन्थे
र, ज्युँदा मान्छेहरूलाई तर्साउँथे
र, ज्युँदा मान्छेहरूको सातो लिन्थे ।
अहिलेका प्रेतहरू
दिउँसो उज्यालोमै प्रकट हुन्छन्
टोल टोलमा, गाउँ गाउँमा र शहर शहरमा
र, मान्छेहरूलाई तर्साउन थाल्छन्
र, मान्छेहरूलाई थर्काउन थाल्छन् ।
हो, अब प्रेतहरूले रूप र नाम फेरेका छन्
हो, अब प्रेतहरूले बस्ने ठाम फेरेका छन्
हो, अब प्रेतहरूले आफ्नो पुरानो बानी पनि फेरेका छन् ।
प्रेत आखिर प्रेत नै हो
चाहे त्यो अँध्यारोमा प्रकट हुनेहोस्
चाहे त्यो उज्यालोमा नै भेटिनेहोस्
प्रेतको धर्म र कर्म नै
ज्यूँदाहरूलाई तर्साउने नै हो ।
प्रेत कालो भालेको बलि खान्छ
प्रेत कालो बोकाको बलि खान्छ
प्रेत जहिल्यै पनि बलि नै माग्छ
पे्रत जहिले पनि मान्छेलाई बिरामी पारेर सताउँछ
प्रेतको धर्म नै मान्छेलाई दुःख दिनु हो
एक पटक प्रेत लागेपछि छुटाउन गाह्रो हुन्छ
बरु कालले छोड्ला, प्रेतले छोड्दैन
प्रेत भगाउन
धामी र झाँक्री बेलाएर ढ्याङ्ग्रो ठोक्नुपर्छ
झाँक्रीले बोलाउँछ प्रेतलाई
झाँक्रीले फकाउँछ प्रेतलाई
र झाँक्रीले नै भगाउँछ प्रेतलाई ।
जब्बर हुन्छ त्यो प्रेत भन्ने कुरा
एकपटक प्रेत लागेपछि लाग्यो लाग्यो
एकपटक प्रेत जागेपछि जाग्यो जाग्यो
प्रेत हटाउन र प्रेत छुटाउन
प्रेतले मागेको जति सबै दिनुपर्छ
प्रेतले भनेको जति सबै पुर्‍याउनुपर्छ
प्रेत आखिर प्रेत हो
नलिई र नखाई किन जान्थ्यो ?
प्रिय महासय,
यतिवेला
म जताततै प्रेतहरू देख्न थालेको छु
म जहिँतहिँ प्रेतहरू भेट्न थालेकोछु
प्रेतमय भएको छ मेरो वर्तमान
प्रेतमय भएको छ मेरो आँगन
मेरो गाउँ, मेरो शहर र देशैभरि
प्रेतहरू सल्बलाइरहेका छन्
प्रेतहरू चल्मलाइरहेका छन्
रूप अनेक अनेक छन् प्रेतहरूका
आकार थरि थरिका छन् प्रेतहरूका
मसानघाटमा बस्ने प्रेतहरू
दोबाटो र चौबाटोमा बस्ने प्रेतहरू
अहिले गाउँ घरतिर पसेका छन्
गाउँ घरतिर डुल्ने प्रेतहरू
अहिले शहरतिर बसेका छन् ।
म प्रेतबाट मुक्ति पाउन
प्रेतहरूले निकालेको जुलुसमा भाग लिएर
शहर परिक्रमापछि
भेडीगोठ अघिल्तिर उभिएर
निरन्तर नारा लगाइरहेछु –
हाम्रा प्रेतहरू जिन्दावाद !
हाम्रा प्रेतहरू जिन्दावाद !
हाम्रा प्रेतहरू महान छन् !
हाम्रो प्रेतहरू महान छन् !
०००
काठमाडौं
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
0
Would love your thoughts, please comment.x
()
x