साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रले के के दियो ?

लाखौं लाख युवा विदेशिन दियो, ऊर्जा उतै सुम्पियो बाँकीको जनशक्ति टाक्सिन दियो, लट्ठैत पारी दियो सत्ता होड दियो लुछाचुँड दियो, आँफै लियो साधन यो नाथे गणतन्त्रले मुलुकमा, खै के दियो लौ भन ?

Nepal Telecom ad

कृृष्णशरण उपाध्याय पौडेल :

मात्रै भ्रष्ट निरीह शासन दियो, कालो बजारी दियो
गुण्डाराज र माफिया डन दियो, बेरोजगारी दियो
नेताका परिवार पोषण दियो, मार्‍यो सबैको मन
यो नाथे गणतन्त्रले मुलुकमा , खै के दियो लौ भन ? १

आकाशे महँगी दियो छल दियो, देशै लुटाहा दियो
सत्ता भित्र ठगी दियो खल दियो, पार्टी फुटाहा दियो
गिर्दो आर्थिकता र सङ्कट दियो, झन्झन् तुह्यो जीवन
यो नाथे गणतन्त्रले मुलुकमा, खै के दियो लौ भन ? २

नेपाली जनता निमित्त यसले, चर्को निराशा दियो
इन्द्रेणी सपना दियो रङ दियो, मात्रै दिलासा दियो
आफ्नो राष्ट्रियता तिलाञ्जलि दियो, खायो पियो राशन
यो नाथे गणतन्त्रले मुलुकमा, खै के दियो लौ भन ? ३

ठूलो दीन दशा दियो ऋृण दियो, चर्को गरीबी दियो
भोको पेट दियो र दुर्दिन दियो, ईर्ष्या र ईबी दियो
मात्रै जाति घृणा दियो कल दियो, साथै दियो दुर्जन
यो नाथे गणतन्त्रले मुलुकमा, खै के दियो लौ भन ? ४

लाखौं लाख युवा विदेशिन दियो, ऊर्जा उतै सुम्पियो
बाँकीको जनशक्ति टाक्सिन दियो, लट्ठैत पारी दियो
सत्ता होड दियो लुछाचुँड दियो, आँफै लियो साधन
यो नाथे गणतन्त्रले मुलुकमा, खै के दियो लौ भन ? ५

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
0
Would love your thoughts, please comment.x
()
x