बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

गणतन्त्रले के के दियो ?

लाखौं लाख युवा विदेशिन दियो, ऊर्जा उतै सुम्पियो बाँकीको जनशक्ति टाक्सिन दियो, लट्ठैत पारी दियो सत्ता होड दियो लुछाचुँड दियो, आँफै लियो साधन यो नाथे गणतन्त्रले मुलुकमा, खै के दियो लौ भन ?

Nepal Telecom Spring Offer

कृृष्णशरण उपाध्याय पौडेल :

मात्रै भ्रष्ट निरीह शासन दियो, कालो बजारी दियो
गुण्डाराज र माफिया डन दियो, बेरोजगारी दियो
नेताका परिवार पोषण दियो, मार्‍यो सबैको मन
यो नाथे गणतन्त्रले मुलुकमा , खै के दियो लौ भन ? १

आकाशे महँगी दियो छल दियो, देशै लुटाहा दियो
सत्ता भित्र ठगी दियो खल दियो, पार्टी फुटाहा दियो
गिर्दो आर्थिकता र सङ्कट दियो, झन्झन् तुह्यो जीवन
यो नाथे गणतन्त्रले मुलुकमा, खै के दियो लौ भन ? २

नेपाली जनता निमित्त यसले, चर्को निराशा दियो
इन्द्रेणी सपना दियो रङ दियो, मात्रै दिलासा दियो
आफ्नो राष्ट्रियता तिलाञ्जलि दियो, खायो पियो राशन
यो नाथे गणतन्त्रले मुलुकमा, खै के दियो लौ भन ? ३

ठूलो दीन दशा दियो ऋृण दियो, चर्को गरीबी दियो
भोको पेट दियो र दुर्दिन दियो, ईर्ष्या र ईबी दियो
मात्रै जाति घृणा दियो कल दियो, साथै दियो दुर्जन
यो नाथे गणतन्त्रले मुलुकमा, खै के दियो लौ भन ? ४

लाखौं लाख युवा विदेशिन दियो, ऊर्जा उतै सुम्पियो
बाँकीको जनशक्ति टाक्सिन दियो, लट्ठैत पारी दियो
सत्ता होड दियो लुछाचुँड दियो, आँफै लियो साधन
यो नाथे गणतन्त्रले मुलुकमा, खै के दियो लौ भन ? ५

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
पर्दैन के लज्जित बन्न हामी ?

पर्दैन के लज्जित बन्न...

कृष्णशरण उपाध्याय पाैडेल
यो के भएको ?

यो के भएको ?

कृष्णशरण उपाध्याय पाैडेल
डुबोस् देश चाहे

डुबोस् देश चाहे

कृष्णशरण उपाध्याय पाैडेल
हेर्नलाई छ टावर

हेर्नलाई छ टावर

कृष्णशरण उपाध्याय पाैडेल
मुख थुन्नुपर्छ

मुख थुन्नुपर्छ

कृष्णशरण उपाध्याय पाैडेल
के पाइयो पाइयो 

के पाइयो पाइयो 

कृष्णशरण उपाध्याय पाैडेल
हाब्रो भरूँ

हाब्रो भरूँ

होम सुवेदी
हाम्रो स्वाभिमान

हाम्रो स्वाभिमान

नदी भट्टराई
सार्वजनिक बस

सार्वजनिक बस

खगेन्द्र नेउपाने
पदवी र विभूषण नदेऊ सरकार

पदवी र विभूषण नदेऊ...

शम्भु जमरकट्टेल हेदाङ्ने