साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवराज मैनालीको समालोचनात्मक कृति ‘दृष्टिःदृष्टिकोण’ विमोचन

समाजका अध्यक्ष हरिभक्त सिग्देलको सभापतित्वमा सम्पन्न पुस्तक विमोचन समारोहमा प्रमुख अतिथिको रूपमा आयामेली कवि एवम् संस्कृतिविद् वैरागी काईंला थिए भने विशिष्ट अतिथिको रूपमा त्रिभुवन विश्वविद्यालय नेपाली भाषा विभागका प्रमुख डा. खगेन्द्रप्रसाद लुइटेल थिए ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार २ । लघुकथाकार एवम् समालोचक युवराज मैनालीको समालोचनात्मक कृति ‘दृष्टिःदृष्टिकोण’ को आज समाज विकास समाज भवन, अनामनगरमा विमोचन गरियो । विमोचन कार्यक्रम मुक्तिनाथ दर्शन साहित्य समाजको आयोजनामा सम्पन्न भएको थियो ।

समाजका अध्यक्ष हरिभक्त सिग्देलको सभापतित्वमा सम्पन्न पुस्तक विमोचन समारोहमा प्रमुख अतिथिको रूपमा आयामेली कवि एवम् संस्कृतिविद् वैरागी काईंला थिए भने विशिष्ट अतिथिको रूपमा त्रिभुवन विश्वविद्यालय नेपाली भाषा विभागका प्रमुख डा. खगेन्द्रप्रसाद लुइटेल थिए ।

अन्य अतिथिको रूपमा पूर्व सचिव श्यामप्रसाद मैनाली, प्रा.डा. कुलप्रसाद कोइराला, संस्कृतिविद् दिनेशराज पन्त, लेखक राधेश्याम लेकाली, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साझा प्रकाशनका पूर्व महाप्रवन्धक तथा कवि प्रल्हाद पोखरेल, मैनाली समाजका अध्यक्ष शम्भु मैनाली लगायत थिए ।

कार्यक्रमममा अर्जुनदेव भट्टले स्वागत मन्तव्य राखेका थिए भने दायित्व वाङ्मय प्रतिष्ठानको तर्फबाट विष्णुप्रसाद पन्तले धन्यवाद व्यक्त गरेका थिए । पुस्तकको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. लेखप्रसाद निरौलाले सिर्जना र समालोचना दुवैमा अब्बल देखिएका मैनालीले मुक्तकदेखि महाकाव्यसम्म, लघुकथादेखि उपन्याससम्म र पुरानादेखि नयाँ पुस्ताका कृतिसम्मको समालोचना गरेकोले मात्र होइन, लेखन शिल्पको हिसाबले समेत कृति विविधतायुक्त रहेको बताए ।

डा. खगेन्द्रप्रसाद लुइटेलले द्रष्टा र स्रष्टा दुवै रूपमा सफल मैनालीले कसैबाट प्रभावित नभई लेखेको कृतिको सफलताको कामना गरे ।

कार्यक्रमका प्रमुख वक्ता कवि बैरागी काईंलाले समालोचना विधा आफैमा कठिन कार्य भए पनि पुस्तकले सबै खण्डमा न्याय दिन सकेको बताए । उनन्तीस वटा कृतिको समालोचना गरिएको यस पुस्तक साझा प्रकाशनबाट प्रकाशित भएको हो जसमा कुल ३ सय १२ पृष्ठ रहेका छन् । पुस्तकको मूल्य रु.५ सय ८० राखिएको कुरा फित्काैलीलाई प्राप्त प्रेस नाेटमा जनाइएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x