बद्रीप्रसाद दाहाल ‘भस्मासुर’भुत्राको चिन्तन ?
के हो अग्र र पश्च मार्ग बतुरा ? बुझ्दै नबुझ्ने भयौ । घोक्छौ राष्ट्रिय-वाद धूर्त गबुवा, ‘पर्देश पुत्ला’ बन्यौ ॥ नौला चाल र ढाल नक्कल हुँदा, आफ्नै पना बिर्सियौ । रोटी भट्ट मकै ढिँडो सब हिँड्यो, पत्रूसितै रित्तियौ ॥

बद्रीप्रसाद दाहाल :
आफ्ना सुन्दर भेष बिर्सन गई, भिर्छौँ विदेशी लुगा ।
टाई सूट र क्याप पाइँट भिरी, के बन्नसक्छौँ ठुला ॥
छोडी ईश्वर नामको सपथ नै, पाखण्डमा उल्किई ।
आफ्ना सुन्दर स्वस्थ संस्कृति मिची, बस्ने भयौँ रित्तिई ॥
दौरा औ सुरुवाल कोट फरिया, चोली मजेत्रो भुल्यौँ ।
रक्षाका शिरपोस होस नगरी, मिल्काउँदै पो डुल्यौँ ॥
आफ्नै सुन्दर भेष लाउन गए, सामन्त बन्छन् अरे ।
टाईसूट भिरेरमात्र अगुवा, के अग्रगामी भए ?
के हो अग्र र पश्च मार्ग बतुरा ? बुझ्दै नबुझ्ने भयौ ।
घोक्छौ राष्ट्रिय-वाद धूर्त गबुवा, ‘पर्देश पुत्ला’ बन्यौ ॥
नौला चाल र ढाल नक्कल हुँदा, आफ्नै पना बिर्सियौ ।
रोटी भट्ट मकै ढिँडो सब हिँड्यो, पत्रूसितै रित्तियौ ॥
वानैपीस र झ्याल छन् पइँटमा ढोका छ नाना थरी ।
पिज्जा बर्गर वा चिकेनकरि छन् थुप्पा ममादि अरि ॥
मात्रै छन् स्तन-कञ्चुकी त पतला, छोटा छ म्याडी पनि ।
पौने भाग त नग्न भो तन कठै ? बाँच्ने यहाँ के गरी ??
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































