साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६३ औं श्रृङ्खला

डा. थापाले कार्यक्रममा मन्तव्य दिनु हुँदै खोरिया नेपाली साहित्यमा लोकप्रिय लोकछन्द बिधाको रुपमा स्रष्टाको कलममा अभ्यास राम्रो भईरहेको छ भन्नु भयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० साउन ३ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६३ औं श्रृङ्खला अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व एबं वरिष्ठ कवि डा. बमबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

डा. थापाले कार्यक्रममा मन्तव्य दिनु हुँदै खोरिया नेपाली साहित्यमा लोकप्रिय लोकछन्द बिधाको रुपमा स्रष्टाको कलममा अभ्यास राम्रो भईरहेको छ भन्नु भयो । लोकभाका भएकोले सजिलो यो छ, सबैको जिब्रोमा झुण्डिएको छ, यसलाई प्रवर्धन गर्दै चन्द्रागिरिले साहित्यको ठुलो सेवा गरेको छ भन्नु भयो ।

बिशिष्ठ अतिथि गंगा लिगलले कार्यक्रमको निरन्तरताको प्रशंसा गर्दै अझ प्रगतिको शुभकामना दिनु भयो । सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा भएको कार्यक्रममा अन्य उपस्थित आमन्त्रित अतिथि साहित्यकारहरू क्रमशः उत्तम भेटवाल, उत्तम विपस्वी, लक्ष्मीप्रसाद मिश्र, चन्द्रावती अधिकारी, टेकबहादुर लौडारी, बीरबहादुर लोहनी, आरती आरोही, गंगा अभिलाषी, कृष्ण घिमिरे, भवानी घिमिरे, सरला तिमल्सिना, उर्मिला पन्त, सुनिता राई, बिनु बाबा घिमिरे, दुर्गा क्षेत्री, अनुराधा थापा, लगायत २१ जना सर्जकहरुले आ-आफ्ना रचना सुनाउनु भयो

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको हैसियतले खोरिया लेखनको सैद्धान्तिक अवधारणा बताउँदै अमूल्य समय दिएर जोडिनु हुने सबै स्रष्टाहरु प्रमुख अतिथि, विशिष्ठ अतिथिज्यूहरू लगायत आमन्त्रीत साहित्यकारहरूमा कृतज्ञता ज्ञापन गरी आफ्नो खोरिया र कविता सिर्जना सुनाएर कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x