साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार लेकालीको अध्यक्षतामा ‘पञ्चकोट साहित्य सम्मेलन’ निर्माण

कार्यसमितिको उपाध्यक्षहरूमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु काजी रोशन, प्रेम छोटा र मन्जिला अनिल रहेका छन् भने महासचिवमा सुभाष चन्द्र पौडेल 'भीमफेदीया', सचिवमा कमला रिसाल र कोषाध्यक्षमा नीता श्रेष्ठ रहेका छन्।

Nepal Telecom ad

काठमाडौं, २०८१ वैशाख १२। पञ्चकोट साहित्य सम्मेलनको कार्यसमिति गठन गरिएको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु काजी रोशन, प्रेम छोटा र मन्जिला अनिल रहेका छन् ।

यसैगरी महासचिवमा सुभाष चन्द्र पौडेल ‘भीमफेदीया’, सचिवमा कमला रिसाल र कोषाध्यक्षमा नीता श्रेष्ठ रहेका छन्।

त्यसैगरी सदस्यहरूमा प्रा.डा. जगन्नाथ रेग्मी, दुर्गा दृशी अधिकारी, विक्रमभक्त जोशी, मुरारि सिग्देल, रूद्र अधिकारी, हरिश कल्पित र पारू तिमिल्सिना रहेका छन्।

संस्थाको प्रधान संरक्षकमा स्वामी कमलनयनाचार्य रहेका छन् भने संरक्षकमा बागलुङ नगरपालिका प्रमुख बसन्त श्रेष्ठ रहेका छन्।

यसैगरी सल्लाहकारहरुमा वरिष्ठ साहित्यकारहरु प्रा.डा. वासुदेव त्रिपाठी, प्राज्ञ जगमान गुरुङ्ग, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकारहरु पद्मावती सिंह, प्राज्ञ उन्नती बोहरा शीला, तीर्थ श्रेष्ठ, प्रा.डा. कुसुमाकर न्यौपाने र प्रा.डा. लक्ष्मणप्रसाद गौतम रहेका छन्।

कार्यसमितिको आज बसेको बैठकबाट सांस्कृतिक समिति र कार्यक्रम संयोजन समिति समेत गठन गरिएको छ। आजै गठित सांस्कृतिक समितिको संयोजकमा सङ्गीतकार नरहरि प्रेमी रहेका छन् भने सदस्य सचिवमा गायक ऋतु कँडेल तथा अन्य सदस्यहरूमा नायक हरिश कल्पित र सर्जक कमला रिसाल रहेका छन्।

त्यसैगरी,कार्यक्रम संयोजन समितिका संयोजकमा मुरारि सिग्देल रहेका छन् भने सदस्य सचिवमा नीता श्रेष्ठ रहेकी छिन्।

संस्थाले पञ्चकोटमा स्रष्टाघर निर्माणका लागि पहल गर्ने, बागलुङ नगरपालिकामा स्रष्टा पार्क निर्माणका लागि पहल गर्ने, वार्षिक रूपमा सम्मेलन गर्न स्थानीय निकायसँग पहल गर्ने तथा पञ्चकोट साहित्य सम्मेलनको आजीवन सदस्य बन्न इच्छुक स्रष्टाहरूलाई स्वागत गर्नुका साथै गत फागुन २० गते सम्पन्न पहिल्लो सम्मेलनको स्मारिका प्रकाशित गर्ने निर्णय समेत गरेको छ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा गत २०८० साल फागुन २० गते पञ्चकोट, बागलुङमा गएका स्रष्टाहरूको टोलीद्वारा भाषा, साहित्य तथा संस्कृतिको संरक्षणका लागि साहित्यका माध्यमबाट भव्य कार्यक्रमको आयोजना सम्पन्न गरे पश्चात् उक्त सम्मेलनलाई निरन्तरता दिँदै अन्य विविध सिर्जनात्मक कार्य गर्ने उद्देश्यले पञ्चकोट भाषा, साहित्य, संस्कृति संरक्षणका लागि उक्त कार्यसमिति गठन गरिएको थियो।

०००
– सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x