साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक

दीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको छायाङ्कन ज्ञानेन्द्र शर्मा र उनकाे टिमले काठमाडौंमा गरेका हुन् ।

Nepal Telecom ad

बर्दिवास, २०८१ फागुन २ । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस गीतमा सागर लम्साल (बले) र शिल्पा पोखरेलले आकर्षक अभिनय प्रस्तुत गरेका छन् ।

गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ भने शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् । प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको छायाङ्कन ज्ञानेन्द्र शर्मा र उनकाे टिमले काठमाडौंमा गरेका हुन् ।

निर कुमारी विश्वकर्मा ‘सविना’को निर्माणमा तयार भएको यो गीतलाई प्रमोद (भारत)ले एरेन्जिङ, मिक्सिङ र मास्टरिङ गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको प्रस्तुति समावेश गरिएको छ ।

रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुति रहेको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन्स डेको अवसर पारेर सार्वजनिक गरिएको गीतले प्रेमी-प्रेमिकाहरूको मन जित्ने अपेक्षा गरिएको छ।

गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को युट्युब च्यानलमा हेर्न सकिन्छ ।

उक्त गीतलाई हेर्नको लागि तल लिङ्क दिइएकाे छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x