साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धाको चीत्कार !!

जसको भैंसी उसको वन, जसको छोरो उसको धन बाह्र छोरा तेह्र नाति, बुढेसकालमा लाउँछन् बिङ्गा !

Nepal Telecom ad

लालबहादुर भुजेल :


मुलुकमा द्रुतगतिले विकास भएजस्तो लाग्छ
मानवीय सम्वेदनामा ह्रास भएजस्तो लाग्छ,
आफूलाई संसार देखाउँने बाउआमालाई
कलेजी टुक्राको, वृद्धाश्रम नै निकास भएजस्तो लाग्छ !

२.
जन्म दिने बाउआमालाई अन्तिम अवस्थामा व्यक्त्याउँनु अपराध हो
समय अभावको बहानामा कर्तव्यपथबाट पन्छिने धोखेबाज हो,
भगवान् सरह पुजिने अग्रजप्रतिको अपमान गर्नु भनेको
जिन्दगीभर भोकतिर्खा नभन्नेसँग गैरजिम्मेवार हुनु घोर लाज हो !

३.
समाजमा ज्यूँदा भगवान्को सम्मान नभए लोकतन्त्र सफल हुँदैन
बेलैमा, उचित सेवा–सुविधा उपलब्ध गराए व्यवस्था विफल हुँदैन,
बुढापाका नागरिकको नीति तथा कार्यक्रम तर्जुमा गरेर पनि
लोककल्याणकारी अवधारणा अनुरूप लोकतन्त्र नचले सफल हुँदैन !

४.
सोझासिधा बाउआमाका, छोराछोरी बाङ्गाटिङ्गा
पखेराको एउटा रूखको, दुबोसरी हाँगाबिँगा,
जसको भैंसी उसको वन, जसको छोरो उसको धन
बाह्र छोरा तेह्र नाति, बुढेसकालमा लाउँछन् बिङ्गा !

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाङ्ग्रिएको सपना

भाङ्ग्रिएको सपना

लालबहादुर भुजेल
0
Would love your thoughts, please comment.x
()
x