साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुर बाको गजल

खुसी भए बूढापाका हुने चमत्कार !! तीनै लोक सुम्पिदिने हृदय नै खोली !

Nepal Telecom ad

धनराज गिरी :

के हो चाह हजुर बाको ? सम्मान मीठो बोली !
आदर गरी राख्यो कुरा भरिदिने झोली !

कोही कोही दुर्वासाजी हुने अपवाद !
रिसाउने अनाहकमा खाने नाता पोली !

देह रोगी मनले जोगी भए तनाव हुने !
च्याठ्ठिने छन् यस्ता पाका अवसादे टोली !

पितामह बढी दानी दिन खोज्ने ज्ञान !!
स्नेहको सागर आहा माया गर्ने घोली !

मेरो यही अनुभूति पाकाहरू सज्जन !
खारिएका अनुभवले भोगी अनेक होली !

कुरा सुन्ने बूढाको हो आगो ताप्ने केको ?
सिकेको हो मूढा भनी कसो दाजी ओली ?

खुसी भए बूढापाका हुने चमत्कार !!
तीनै लोक सुम्पिदिने हृदय नै खोली !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x