साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली

लाग्दैन मस्त निदरी जिउ भो खटेरो । बोल्यो कि दिक्क घरका किन छन् अँधेरो । चढ्ने र ओर्लनु सधैं कति खुड्किलामा । ती मान्यता बदर छन् दुइ चुट्किलामा ॥

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

थारो न छन् न दुहुनो खिर खान खोज्छ ।
जाडो भए अनलछेउ सिरान रोज्छ ।
गर्मी हुँदा बदन शीतल ठाउँ रोज्छ ।
बूढो शरीर किन हो निहुँ मात्र खोज्छ ॥

डाँको ठुलो छ मुखमा घरमा करायो ।
बूढाबूढीबिच सधैँ झगडा गरायो ।
मेरा कुरातिर न सन्तति ध्यान दिन्छन् ।
बूढो शरीर किन हो शव झैँ बनायो ॥

बस्दैन बालक युवा किन छेउ आई ।
कस्तो छ ज्यान अहिले न त सोध्छ धाई ।
बूढो भयो दिनदिनै घरकै पराई ।
कस्तो अचम्म ननिको किन हो मलाई ॥

लाग्दैन मस्त निदरी जिउ भो खटेरो ।
बोल्यो कि दिक्क घरका किन छन् अँधेरो ।
चढ्ने र ओर्लनु सधैं कति खुड्किलामा ।
ती मान्यता बदर छन् दुइ चुट्किलामा ॥

यो जिन्दगी सहज छैन हरेक ठाउँ ।
पोल्दैछ भित्र मुटुमाझ गढेर घाउ ।
पालो घुमेर सबको पछि आउने हो ।
मेटेर मेट्न नहुने बुझ जिन्दगी यो ॥

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
तर खाने

तर खाने

भगवतीप्रसाद शर्मा
यिनै शब्दमा रमाएँ

यिनै शब्दमा रमाएँ

भगवतीप्रसाद शर्मा
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x