साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन -७

गाली गर्नु रहे यहाँ मनुजमा, त्यो पापकाे भार हो । हो सन्मान गरेर अग्रज जहाँ, हो जिन्दगी सार त्यो ॥ छाडोस् मार्ग हरेक न्यायपनको, होस् मार्ग वृद्धा बक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

वृद्धाको जब चाहना सकलको, होओस् सदा सुन्दर ।
इच्छा पूर्ति हुँदा जहाँ सब घडी, भागोस् कतै हण्डर ॥
लागोस् राज्य गरी उपाय पथमा, पूरा गरे जातक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३२॥

श्रद्धाले जब वृद्धि हुन्छ वयको, आस्था रहेको घर ।
होस् सन्तोष यहाँ हियोपरकको, आशा ठडेको वर ॥
आहा ! पीपल वायुको शमनले, घुम्दा भए प्रापक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३३॥

घुम्दा वाग सदैव साथ छ युवा, फुल्दै रहे फूलझैँ ।
आँखाभित्र बिझेर वृद्ध अब ता, होला जहाँ भूलझैँ ॥
बिर्सौं लाख प्रताड ती भुवनका, संसारका पालक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३४॥

वृद्धाबाट सिकाइ हुन्छ अब ता, ती ज्ञान ओैं कर्मका ।
वृद्धाबाट उपाय ज्ञान सबका, आचार ती धर्मका ॥
केके हुन्छ गरे यहाँ अवनिमा, के हुन्न ती चारक ?
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३५॥

गाली गर्नु रहे यहाँ मनुजमा, त्यो पापकाे भार हो ।
हो सन्मान गरेर अग्रज जहाँ, हो जिन्दगी सार त्यो ॥
छाडोस् मार्ग हरेक न्यायपनको, होस् मार्ग वृद्धा बक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३६॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ११

वृद्ध चिन्तन – ११

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x