साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म फुटबल खेल्दिनँ (३)

ओके...जे होस्... एउटा कुरा भन्छु.... प्रवीण एक्सलेण्ट एण्ड ट्यालेण्टेड फुटबलर हो । यसले फुटबल कस्तो खेल्छ हामीलाई मात्र होइन स्कूललाई थाहा छ । र मेरो अनुरोध प्रवीण फुटबल खेल्छ... हिप हिप हुर्रे.. प्रवीण फुटबल खेल्छ...

Nepal Telecom ad

कृष्ण प्रधान :

तेस्रो दृश्य

स्थान – उही फुटबल ग्राउण्ड… उही साथीहरू

(सबै साथीहरूले प्रवीणलाई घेरिरहेका छन् । प्रवीण घुँक्क-घुँक्क गरेर रोइरहेको छ । सबै साथीहरूलाई पनि खल्लो अनुभव भइरहेको छ । वातावरण दुःखदपूर्ण छ… सुनसान… स्तब्ध छ)

प्रवीण – (घुँक्क घुँक्क रुँदै) टेष्टमा आउट अफ टुवेण्टीमा सेभेन्टिन ल्याउँदा पनि कम्ति भयो अरे ! नाइन्टि पर्सेण्ट ल्याउनु भन्छ । मैले सकेकै त्यति हो ।..कसरी नाइन्टि पर्सेण्ट ल्याउनु ? इट इज इम्पोसिबल फर मी… ! अबदेखि तिमीहरूसित म फुटबल खेल्दिनँ । मलाई माफ गर साथी हो माफ । मेरी मम ता टिचर हुन् । अरे यार… ममले अरुसित मलाई कम्पेयर गर्छिन् । जुन कुरो मलाई पटक्कै मन पर्दैन । मुन्सी गाउँको सोनामले हण्ड्रेड पर्सेण्ट ल्यायो तैँले किन ल्य़ाइनस् भनेर रातदिन मलाई स्कोल्ड गर्छन् मम ड्याडले (घुँक्क घुँक्क गर्छ)… म सोनाम हुन् सक्दिनँ… सोनाम म हुन सक्दैन । मेरो जति क्यापासिटी छ त्यति नै ता म मार्कस गेन गर्छु होइन भन् ता गाइज । अबदेखि म रातदिन पढ्छु । म बुक वर्म मात्र भइदिन्छु । संसारको वाह्य कुरासित, आउट नलेजदेखि म अब टाढिन्छु । किन बुझिदिँदैनन् आधुनिक सभ्यताले मातिएका मेरा मम ड्याडहरूले मेरो मनोविज्ञान । आउट अफ टुवेण्टीमा टुवेण्टी ल्याउने मेरो क्षमता छैन । मेरो यो कमजोरी पनि हुनसक्छ । मेरो कमजोरीलाई बुझिदिने कोशिश नगरेर मेरा मम ड्याडले मलाई जबरजस्ती किन गर्छन् ? यो मैले बुझ्न सकेको छैन । म गल्ती हुँ कि मेरा मम ड्याड गल्ती हुन् यसको छिनाफाना कसले गरिदिने ? रेमेम्बर इट सोनाम मात्र होइन म कसैसित कम्पिट गर्न पढेको होइन । ! सबै स्टुडेण्टस् हण्ड्रेड पर्सेण्ट ल्याउँने हुँदैनन् । यो किन बुझ्दैनन् मेरा महान मम र ड्याडले ?
टीका – (आँखाको आँसु पुछ्दै) हामी गल्तीमा छैनौँ पक्कै पनि । गल्ती ता हाम्रा प्यारेण्टस्कै छ । मलाई पनि रातदिन पढ्नु मात्रै भन्छन् । अरुसित कम्पेयर गर्छन् । हाम्रा अन्य साथीहरूसित हाम्रो तुलना गर्दा हाम्रो हृदयमा कति हर्ट गर्छ त्यो हाम्रा प्यारेण्टसले बुझेका छन् ? लु एकक्षणलाई हामी अहिले यो उमेरमा बुद्धु, गोबरगणेश हौँला अरे तर पछि गएर हामीले साइन गर्न सक्दैनौँ भन्ने के ग्यारेण्टी छ ?
आयुष – सानामा गोबर गणेश तर पछि गएर महान् महान् व्यक्ति बन्ने कति छन् कति ।
नवीन – अभियसली । अरे आइन्स्टाइन सानामा गणितमा लद्धु थिए, कति गोबर गणेश थिए भन्ने कुरा हामी सबैलाई थाहा छैन र ? तर तिनै गोबरगणेश लद्धु आइन्स्टाइन पछि गएर वैज्ञानिक बने ।
टीका – हाम्रो मनोस्थित्ति नबुझी प्यारेण्टले हामीलाई किन अण्डरस्टिमेट गर्छन् यो चाहिँ मैले बुझ्न सकेको छैन।

हरि – होइन गाइज.. म ता मेरा प्यारेण्टसको चर्तीकला देखेर हाँस पो उठ्छ । यिनीहरूलाई पो साइकियाट्रिष्टलाई देखाउनु पर्ने । अब हेर् न.. मलाई गीत गाउन मनै पर्दैन जबरजस्ती गीत गा कि गा भन्छन् यार ! प्रशान्त तामाङ इण्डियन आइडल भएको हो कि होइन मेरा प्यारेण्टसलाई पो स्याउँ-स्याउँ भएको देख्दा अचम्म लाग्छ यार । वाट इज दिस ? मलाई खासमा नक्सा बनाउनु कस्तो मनपर्छ । नक्सा राम्रो बनाउँछु पनि… अरे नक्सा बनाउनै दिँदैन ।
आयुष – उनीहरूले जीवनमा गर्न नसकेका कुरा हामीलाई लदाउँछन् । हगे हग् मुत कार गरेर कहाँ हुन्छ हौ हन । सो इजी हई ।
प्रवीण – गधालाई धोएर कहिल्यै गाई हुँदैन । तर मेरा मम् ड्याडले गधालाई धोएर गाई बनाउने मूर्ख प्रयास गरिरहेछन् । तर यसको नतिजा पछि गएर भयानक हुनसक्छ ।
नवीन – तेरा मम ड्याड मात्र होइनन् इच एण्ड एभ्री प्यारेण्ट ह्याज दिस ह्याबिटस् । मेरो आफ्नो बारेमा के भनुँ ? तिमीहरूलाई राम्ररी थाहा छ म कस्तो गाउँछु । स्कूलमा कुनै कन्सर्ट भयो कि फादर र मिसहरूले मलाई गीत गाउऩैपर्छ भन्छन् ।
आयुष – हाम्रो स्कूलको टप मोष्ट सिङ्गर तैं ता हो भन्ने सबैलाई थाहा छ नि । कस्तो दामी गाउँछ यसले अन्त ।
नवीन – मेरो पढाइ डिस्टर्ब हुन्छ अरे अन्त मैले गाउनु पाउँदिनँ अरे । मलाई गीत गाउँनै दिँदैनन् । म फर्स्ट डिभिजन हुन नसके पनि एउटै क्लास रिपिट गर्ने स्टुडेण्ट पनि ता होइन । तिमीहरूलाई थाहा छ कि छैन कोनि क्लास टिचर मिस भट्टाचार्य घरेमा आएर ममलाई कति रिक्वेष्ट गरिन् मलाई गीत गाउनु दिनु भनेर। ममले मेरो पढाइ बिग्रिन्छ भनेर डाइरेक्ट डिनाई गरिदिइन यार । मिसको छेउमा कस्तो लाज लाग्यो ।

टीका – हाम्रा प्यारेण्टसको मुखमा एउटै कुरा झुण्डिएको हुन्छ… नानीको पढाइ बिग्रिन्छ । वाट इज दिस यार ? हामी सँगै पढ्ने अनुप चक्रवर्तीकी ममलाई हेर् ता.. त्यसलाई आइतबारे पिच्छे सिन्थेसाइजर सिकाउँन् टिचरकहाँ पुर्‍याउँछिन् । पुर्‍याउनु मात्र होइन क्लास नसकिञ्जेल रुङेर बसिरहन्छिन् अनि क्लास सकिएपछि घर ल्याउँछिन् । खै त्यो चक्रवर्तीको पढाइ बिग्रिँदैन ता ।
हरि – प्रत्येक एकजाममा त्यो पड्के सिक्स्थ सेभेन्थ र्‍याङ्कमा आउँछ ।
आयुष – हो… यो चैँ अचम्मको कुरा हो गाइज… उनीहरूका प्यारेण्टस कति कन्सियस् हुन्छन् । म्यूजिक क्लासमा होस् कि स्पोर्ट्स होस् वा नानीको एक्जाममै किन नहोस् उनीहरूका प्यारेण्टस् आफै पुग्छन् तर हाम्रा प्यारेण्टस चाहिँ… ।
प्रवीण – (कुरा काटेर) हाम्रा कतिपय प्यारेण्टसहरू चाहिँ घरभित्र बसी टिभीको सिरियलमा मस्त कि ह्वाटसएप र म्यासेञ्जरमा मस्त हुन्छन् । छोरा-छोरीहरूले के पढ्दैछन् के गर्दैछन् के थाहा ममहरूलाई । ड्याड ता विचारा काममा जान्छन् । नानीहरू फेसबुकमा पो मस्त छन् कि मोबाइलमा मक्ख छन् त्यो याद गर्छन् ? गर्दैनन् ।
नवीन – अन्त टेष्टमा मार्क्स कम्ति आयो भने ननस्टप गनगन कचकच शुरु हुन्छ है । अरे टेष्टमा टुवेण्टिमा टुवेण्टी पर्सेण्ट खोज्ने प्यारेण्टसले आफ्ना नानीहरूलाई हण्ड्रेड पर्सेण्ट ध्यान दिनुपर्ने होइन र ?
हरि – भन्नु उसो होइन.. मेरी मम्मी चाहिँ यो सबमा स्ट्रिक्ट छिन् । म पढ्दाहुँदी मसितै बसिरहन्छिन् । मोबाइल स्कूलमा लानै दिँदिनन् । स्कूलबाट आएपछि मोबाइल दिन्छिन् त्यो पनि रातभरिको लागि होइन… पढ्नु बसेपछि मोबाइल मम्मीको कस्टडीमा हुन्छ । यसकारण म ता भन्छु, सबै प्यारेण्टस एकैनासे हुँदैनन् ।
प्रवीण – जे भन गाइज हो… मेरो विचारमा हामीले हाम्रा प्यारेण्टसलाई लिएर एउटा काउन्सिलिङ गर्नुपर्छ । तर हामी भुराहरूको कुरा कसले सुनिदिने ? कसले बुझिदिने ?
आयुष – ओके…जे होस्… एउटा कुरा भन्छु…. प्रवीण एक्सलेण्ट एण्ड ट्यालेण्टेड फुटबलर हो । यसले फुटबल कस्तो खेल्छ हामीलाई मात्र होइन स्कूललाई थाहा छ । र मेरो अनुरोध प्रवीण फुटबल खेल्छ… हिप हिप हुर्रे.. प्रवीण फुटबल खेल्छ…
सबै – (समवेत स्वरमा) हिप हिप हुर्रे.. प्रवीण फुटबल खेल्छ…
प्रवीण – म फुटबल खेल्दिनँ… खेल्दिनँ म फुटबल… ।
पर्दा खस्छ ।

०००
सिलुगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x