साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाह्रो छ प्रेमी हुन

गर्दामा घरबारका गफ सधैँ, पार्छिन् अध्यारो मन इच्छा खालि छ रङ्गमञ्चतिरको, गर्छिन् सधैँ चिन्तन सुन्ने होइन सत् कुरा मन दिई, थाल्छिन् अझै झर्किन देख्दा लाग्दछ मोजझैँ तर यहाँ, गाह्रो छ प्रेमी हुन ।

Nepal Telecom ad

विदुर अधिकारी :

झुल्किन्छिन् शशिझैँ झुलक्क प्रियसी, छर्दै मिठो रोशनी
हेर्छिन् मस्त रमेर यो वदनमा, साह्रै मजाकी बनी
भन्छिन् किन्नु थियो नयाँ किसिमका, कुर्ता सँगै लौ हिँड
देख्दा लाग्दछ मोजझैँ तर यहाँ, गाह्रो छ प्रेमी हुन ।(१)

घुर्की लाउन एक नम्बर यहाँ, हुन्छिन् पियारी सुन
जे भन्छिन् सहजै पुर्‍याउन सक, भुल्छिन् सबै बैगुन
आफ्नो काम भएन तत्क्षण भने, थाल्छिन् त्यहीँ ठुस्किन
देख्दा लाग्दछ मोजझैँ तर यहाँ, गाह्रो छ प्रेमी हुन । (२)

त्याग्नै पर्छ अहम् समस्त जनले ,भन्दै पुकार्छिन् तर
आफूझैँ गुणयुक्त दिव्यपनकी, भन्छिन् यहाँ को छ र
चर्को बात कतै भयो यदि भने, भन्छिन् म ता बोल्दिन
देख्दा लाग्दछ मोजझैँ तर यहाँ, गाह्रो छ प्रेमी हुन । (३)

गर्दामा घरबारका गफ सधैँ, पार्छिन् अध्यारो मन
इच्छा खालि छ रङ्गमञ्चतिरको, गर्छिन् सधैँ चिन्तन
सुन्ने होइन सत् कुरा मन दिई, थाल्छिन् अझै झर्किन
देख्दा लाग्दछ मोजझैँ तर यहाँ, गाह्रो छ प्रेमी हुन ।(४)

ज्यादै मात चढेर हो कि तन त्यो देख्दैछु झन् चन्चल
गर्छिन् आग्रह खान रोज मसितै, नास्ता मिठो अब्बल
मान्ने होइन सत्य बात जनको, मात्रै बराल्छिन् मन
देख्दा लाग्दछ मोजझैँ तर यहाँ, गाह्रो छ प्रेमी हुन । (५)

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

विदुर अधिकारी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x