अशोककुमार शिवाप्याराेडी : पदीय महिमा
म द्रष्टा, म प्रष्ट तर भन्छन म भ्रष्ट यो थरिथरी कुराले यो अनेक विशेषणले म बेरिएको छु

अशाेक कुमार शिवा :
(सिरैमा सिन्दुर आहाकाे लयमा)
(फरफरे झण्डा आहा
चिल्लो त्यो कार आहा
घुम्ने यो कुर्सी आहा
लचक्दार सोफा आहा)२
खोलामा बॅाध बॅाधु
बिजुली निकाली बेचु
नदिनाला बेचु
गिट्टी मिट्टी बेचु
भीरपाखा बेचु
बिक्रीबट्टा बढाउॅ
कोही भन्छन जुनजस्तो रे
कोही भन्छन फूलजस्तो रे
देश विकासको कन्चन मूल जस्तो
म द्रष्टा, म प्रष्ट
तर भन्छन म भ्रष्ट
यो थरिथरी कुराले
यो अनेक विशेषणले
म बेरिएको छु
बुझिनॅ मैले, बुझाईदेउ कसैले
ए बुझिन मैले बुझाईदेउ कसैले
म्याऊ ….. म्याऊ …. म्याऊऊऊऊऊ
०००
गल्काेपाखा, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































