साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुहारीको सन्देश

नसम्झ पत्नी सबथोक मान्छे गोता अनेकौँ जति हुन् सहन्छे पैसा ठुलो हो अथवा इमान आमाबुबाझैँ म प्रिया हुँ जान ।।

Nepal Telecom ad

कविराज घिमिरे :

सासूहरूका पनि छन् नि छोरी
त्यस्तै बुहारी किन हुन्न फेरि
पारेर हेला म स्वयम् बुहारी
रुँदै बसेकी छु बिनाछहारी ।। १

श्रीमान् गएका कति भो विदेश
पैसा पठायौ न त हात लाग्छ
फाटेर चोली फरिया समेत
छ लाज भित्री तहमा बिचेत ।। २

बोलिन्छ म्यासेन्जरमा तथापि
देखे भने पाइनसक्छ सास्ती
काट्छन् बुझी लाइन टेलिफोन
छ चाल यस्तो किन तुच्छ लौ न ।। ३

छोरा न छोरी न त दाजुभाइ
कस्को म हेरूँ मुख बाँच्नलाई
विदेश श्रीमान् ससुरा समेत
सोझा परेछन् अब भन्नु के छ ? ४

स्वामीबिनाको घर मान्नुपर्ने
अनेक पीडा पनि धान्नुपर्ने
अभाव मात्रै हक हो भने ता
पाउन् कसैले हकको सुविस्ता ।। ५

किताब जोगिन्छ जहाँ छ गाता
म खोल्छु आफ्नो अनि बैङ्क खाता
सिधै पठाऊ अब माग्छु पैसा
यस्तो गराएँ मनभित्र पैदा ।। ६

पैसाबिनाको कति काम छैन
दैनन्दिनी खर्च नभै हुँदैन
बुढाबुढी छन् तर लोभ गर्छन्
खाँचो स्वयम् टर्छ भनेर भन्छन् ।। ७

छोडेर पत्नी नपुगुन् विदेश
अभाव टारुन् सँगमा बसेर
खुसी हुने छन् परिवार आफ्ना
बाधा रहन्नन् मनभित्र आफ्ना ।। ८

यो जिन्दगी हो नबनोस् खडेरी
र वेदनामा नपरोस् घडेरी
जे दुःख हुन्छन् सँगमा रहेर
बस्ता सबैको हित हुन्छ हेर ।। ९

नसम्झ पत्नी सबथोक मान्छे
गोता अनेकौँ जति हुन् सहन्छे
पैसा ठुलो हो अथवा इमान
आमाबुबाझैँ म प्रिया हुँ जान ।। १०

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x