साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धका कर्म फेर्न !

दिनदिन हुन थाल्यो देशमा भोक शोक असल जति भगाई भ्रष्टको हुन्छ खोज मति जब धमिलोझैँ हुन्छ नेपाल हेर्न युवक अनुज थाले वृद्धका कर्म फेर्न ।।

Nepal Telecom ad

कविराज घिमिरे :

सुझबुझ नगरी जो वृद्धले गर्छ काम
असहज हुन थाल्छन् लोकमा ती तमाम
सबतिर छ निराशा काल यो ठिक्क पार्न
युवक अनुज थाले, वृद्धका कर्म फेर्न ।। १

छलकपट हुनाले देशमा चैन छैन
अमनचयन राख्ने कत्ति सुर्ता हुँदैन
गर गर युवती हो क्रान्ति मैलो सुधार्न
युवक अनुज थाले, वृद्धका कर्म फेर्न ।। २

युवक र युवतीका वक्षमा छन् निराशा
परमुलुक हुँदै छन् देशमा छैन आशा
अब कति चुप लाग्ने पर्छ आएर केर्न
युवक अनुज थाले, वृद्धका कर्म फेर्न ।। ३

परपर सब पार्छन् बोल्छ जो सत्यमात्र
निजपरक बने झन् वृद्धका यी चरित्र
उकुसमुकुस पार्ने छन् जहाँ ती लतार्न
युवक अनुज थाले, वृद्धका कर्म फेर्न ।। ४

धन धन धन भन्दै डुब्न थाले धनैमा
महल सुन थुपार्ने होड लाए मनैमा
अति जब हुन थाल्यो सोच जागी हसुर्न
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।। ५

दिनदिन हुन थाल्यो देशमा भोक शोक
असल जति भगाई भ्रष्टको हुन्छ खोज
मति जब धमिलोझैँ हुन्छ नेपाल हेर्न
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x