साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिता

हराभरा बनाउने समस्त हुन् सुचालक बनिन्छ वृद्ध प्रौढ वा युवा भएर बालक पिता विवेकका धनी पिता त फूल बाबरी पुकार गर्छु यो सधैँ पिता बनुन् अजम्बरी ।।

Nepal Telecom ad

कविराज घिमिरे :

कुकर्म छन् कतै भने बढार्न गर्छ मद्दत
सुयोग्य पार्न वंशको अनन्तसम्म खट्तछ
पिता अचेत होस् तथा परे त नीदमा अति
सदैव गर्छ कामना बनुन् भनेर सन्तति ।।१

प्रबुद्ध पार्न लम्किने अनेक ताडना खपी
पछार्न तम्सिने सधैँ हरेर दीन दु:ख ती
पिता मुहान हुन् अहा ! गरा धरा भिजाउने
कतै अशिष्ट छन् भने कुदेर झन् रिझाउने ।।२

पिता अमूक हुन् उनै विशिष्ट बन्नसक्तछन्
सुधीर चालका धनी पिता युगान्त चल्दछन्
प्रसाद शुद्ध फूल हुन् रहुन् सदैव माथमा
सुमार्गमा हिँडाउँछन् बसुन् सदैव साथमा ।।३

पिता हुंँदैन मृत्युको सिकार जो अभेद्य छ
रहन्छ प्राण कीर्तिमा शरीर ढल्न सक्तछ
पिता समान विश्वमा मिलेन खै सुशासक
सबै छ गौण साँच्चिकै पिता बुझौँ उपार्जक ।।४

हराभरा बनाउने समस्त हुन् सुचालक
बनिन्छ वृद्ध प्रौढ वा युवा भएर बालक
पिता विवेकका धनी पिता त फूल बाबरी
पुकार गर्छु यो सधैँ पिता बनुन् अजम्बरी ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x