साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्देश

दुबैजना त्यो बुट पोलिस गरिरहेको व्यक्तिको नजिक पुगे। उसलाई चारैतिरबाट नियाले । उस्का दुबै खुट्टा थिएनन्।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“अचेल मानिसले भिक पनि दिन छाडे।”- कल्लुले निदार चाउरी पार्दै भन्यो।

“साँच्चै अचेल मानिसहरूको खर्च बढ्यो होला कसैले पनि हामी भिखारीहरू तिर हेर्नै छाडे। फुर्शेले पनि आफ्नै समश्या थप्यो।

“उफ ! यार न त हामीलाई कसैले काम दिन्छ, न भिख दिन्छ कसरी गुजारा गर्नेहोला ?”- कल्लुले लामाे श्वास फेर्दै स्यूई सुस्केरा हाल्यो।

“सदैका दिन एकनास हुँदैनन् सुधार हुँदैजाला परिस्थितिमा।”- फुर्शेले कल्लुलाई सम्झाउने शैलीमा भन्यो।

उनीहरूले केही समयदेखि भिख मागेर गुजारा गर्दै आएका थिए। “अब त भिख माग्नुभन्दा सकेसम्म जेब काट्न पाए हुन्थ्यो।” कल्लुले नयाँ आइडिया सुझायो।

“चोर चोर”- त्यही बेला केही मानिसले एउटा चोरलाई छोपेर गोद्न थाले। “छि चोरीको काम त धेरै खतराको हुँदो रहिछ।”- त्यो देखेपछि कल्लुले डराउँदै भन्यो।

“हो नि हामी चोरीको काम गर्न सक्दैनौँ इमान्दारीसँग भिक मागेर जो मिल्छ त्यसैमा गुजारा गरौँला।”- फुर्शेले पनि कल्लुतिर हेर्दै भन्यो।

“एकदिन मलाई एउटा नेताले पार्टी प्रवेश गर्छस् भनेर सोधेको थियो। कि तेतै जाने दुबैजना ?”- कल्लुले सोध्यो।

“भैगो राजनीति झनै खराब भएको छ अचेल। फुर्शेले राजनीतिमा जान मानेन।

“ऊ त्यहाँ हेर त !”- फुर्शे सडकको किनारामा बसेर बुट पालिस गरिरहेको एकजना व्यक्तिलाई देखाउँदै थप्यो।

“को हो त्यो ?”- कल्लुले सोध्यो । “खै त थाहा भएन हिंड त्योसँग परिचय गरौँ। फुर्शेँले भन्यो। दुबैजना त्यो बुट पोलिस गरिरहेको व्यक्तिको नजिक पुगे। उसलाई चारैतिरबाट नियाले । उस्का दुबै खुट्टा थिएनन्।

“अलिबेरसम्म चुपचाप नियाली रहे ऊ आफ्नो काममा व्यस्त थियो । मानिसहरू आउँथे जुता फाटेका सिलाइदिन्थ्यो अनि पैसा दिएर जान्थे।

“कल्लु यार यो दाइलाई देखेर मलाई आफूले गर्दै आएको कामबाट घृणा भयो।”- फुर्शेले कानमा सुस्तरी भन्यो। “मलाई पनि”- कल्लुले पनि भन्यो र दुबैजनाले भिख माग्न अहिले देखिनै कान छोपे।

०००
दाङ, घोराही १८
२९-०९-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x