सुरेशकुमार पाण्डेसन्देश
दुबैजना त्यो बुट पोलिस गरिरहेको व्यक्तिको नजिक पुगे। उसलाई चारैतिरबाट नियाले । उस्का दुबै खुट्टा थिएनन्।

सुरेशकुमार पाण्डे :
“अचेल मानिसले भिक पनि दिन छाडे।”- कल्लुले निदार चाउरी पार्दै भन्यो।
“साँच्चै अचेल मानिसहरूको खर्च बढ्यो होला कसैले पनि हामी भिखारीहरू तिर हेर्नै छाडे। फुर्शेले पनि आफ्नै समश्या थप्यो।
“उफ ! यार न त हामीलाई कसैले काम दिन्छ, न भिख दिन्छ कसरी गुजारा गर्नेहोला ?”- कल्लुले लामाे श्वास फेर्दै स्यूई सुस्केरा हाल्यो।
“सदैका दिन एकनास हुँदैनन् सुधार हुँदैजाला परिस्थितिमा।”- फुर्शेले कल्लुलाई सम्झाउने शैलीमा भन्यो।
उनीहरूले केही समयदेखि भिख मागेर गुजारा गर्दै आएका थिए। “अब त भिख माग्नुभन्दा सकेसम्म जेब काट्न पाए हुन्थ्यो।” कल्लुले नयाँ आइडिया सुझायो।
“चोर चोर”- त्यही बेला केही मानिसले एउटा चोरलाई छोपेर गोद्न थाले। “छि चोरीको काम त धेरै खतराको हुँदो रहिछ।”- त्यो देखेपछि कल्लुले डराउँदै भन्यो।
“हो नि हामी चोरीको काम गर्न सक्दैनौँ इमान्दारीसँग भिक मागेर जो मिल्छ त्यसैमा गुजारा गरौँला।”- फुर्शेले पनि कल्लुतिर हेर्दै भन्यो।
“एकदिन मलाई एउटा नेताले पार्टी प्रवेश गर्छस् भनेर सोधेको थियो। कि तेतै जाने दुबैजना ?”- कल्लुले सोध्यो।
“भैगो राजनीति झनै खराब भएको छ अचेल। फुर्शेले राजनीतिमा जान मानेन।
“ऊ त्यहाँ हेर त !”- फुर्शे सडकको किनारामा बसेर बुट पालिस गरिरहेको एकजना व्यक्तिलाई देखाउँदै थप्यो।
“को हो त्यो ?”- कल्लुले सोध्यो । “खै त थाहा भएन हिंड त्योसँग परिचय गरौँ। फुर्शेँले भन्यो। दुबैजना त्यो बुट पोलिस गरिरहेको व्यक्तिको नजिक पुगे। उसलाई चारैतिरबाट नियाले । उस्का दुबै खुट्टा थिएनन्।
“अलिबेरसम्म चुपचाप नियाली रहे ऊ आफ्नो काममा व्यस्त थियो । मानिसहरू आउँथे जुता फाटेका सिलाइदिन्थ्यो अनि पैसा दिएर जान्थे।
“कल्लु यार यो दाइलाई देखेर मलाई आफूले गर्दै आएको कामबाट घृणा भयो।”- फुर्शेले कानमा सुस्तरी भन्यो। “मलाई पनि”- कल्लुले पनि भन्यो र दुबैजनाले भिख माग्न अहिले देखिनै कान छोपे।
०००
दाङ, घोराही १८
२९-०९-२०८२
Subscribe
Login
0 Comments
Oldest







































