साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

कमाएकोबाट दुबैलाई आधाआधी भए पुग्छ न्याय गर्न धनाढ्य वादी र प्रतिवादी भए पुग्छ कालोकोटले कति राम्रो नजिर बसालेछ देशमा देश चलाउन अब वापती र अपराधी भए पुग्छ ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
अलिकति जीवन ढुङ्गामाटामै छुटेछ
अलिकति जीवन चोयाभाटामै छुटेछ
कहाँ छुटेछ जीवन भनेर फर्केर हेर्दा
लाग्दैछ यो जीवन चौबाटामै छुटेछ ।

२.
कमाएकोबाट दुबैलाई आधाआधी भए पुग्छ
न्याय गर्न धनाढ्य वादी र प्रतिवादी भए पुग्छ
कालोकोटले कति राम्रो नजिर बसालेछ देशमा
देश चलाउन अब वापती र अपराधी भए पुग्छ ।

३.
मुरीका मुरी तिमी थन्क्याऊ, म मुठी र मानोमै खुसी छु
जति चुलिनु छ तिमी चुलिनू, सानो छु सानोमै खुसी छु
न हुँदा मात्तिनु परोस्, न नहुँदा आत्तिनु परोस्, बस् पुग्छ
सुनको गजुर तिमी नै लगाऊ म खरको छानोमै खुसी छु ।

४.
मित्र मनबाटै लखेटियो, मनभित्र सत्तुर भित्रियो
सहरीकरणसँगै विसङ्गति र विकृति जरुर भित्रियो
आधुनिक बन्ने रहरमा हुर्मत काढेर संस्कृतिको
गाई सडकमा धपियो र भान्सामा कुकुर भित्रियो ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x