साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध जोडी

युवा सारा हाम्रा चम्किऊन् देशभित्र । सबै मान्छे राम्रा बन्दिऊन् बन्धु मित्र ।। युवा जम्मै हाम्रा फर्किऊन् देश सम्झी। यसो भन्दै चासो पोख्दछन् वृद्ध जोडी।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

कुना पाखोबारी डाक्दछन् ती मलाई ।
दियो झल्को कस्तो सम्झना झन् गराई।।
कठै! चासो राख्छन् बा मुमा बात खोली।
रुँदै यस्तो भन्छन् आजका वृद्ध जोडी।। -१

युवा जत्था हाम्रा ती गए देश पारि ।
यहाँ टाठाबाठा बातका छन् भकारी।।
अहो!कालो पर्दा च्यात्छ को स्वार्थ छोडी?
यसो भन्दै रुन्छन् आजका वृद्ध जोडी।। -२

वधू छोरा छोरी बन्दिऊन् क्रान्तिकारी ।
बुबा आमा भन्छन् मासिऊन् धुन्धुकारि।।
बनून् जागा मान्छे भ्रष्टका कर्म तोडी।
मिलोस् उम्दा सुद्दी भन्दछन् वृद्ध जोडी।। -३

खुबै मौका मिल्दा स्यालको हुन्छ दाइँ ।
चियो हेर्दै ब्वाँसो गर्छ कस्तो रजाइँ।।
यही पारा चल्दा गिर्छ झन् देश भोलि।
अझै ज्यादा चिन्ता गर्दछन् वृद्ध जोडी।। -४

युवा सारा हाम्रा चम्किऊन् देशभित्र ।
सबै मान्छे राम्रा बन्दिऊन् बन्धु मित्र ।।
युवा जम्मै हाम्रा फर्किऊन् देश सम्झी।
यसो भन्दै चासो पोख्दछन् वृद्ध जोडी।। -५

०००
वि.न.पा.- ४,बट्टार, नुवाकोट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x