साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोठेबारीको भूत

“सबैजना बाहिर निस्क भित्र भूत छिर्यो,“भन्दै चिच्याउन लागे। भित्रबाट छोरो फुत्त निस्केर भन्छ, “बाबा, भूत कता छिर्यो।“। तेतिबेला छोराको मुखबाट ह्वास्स सिगरेटको गन्ध आइरहेको थियो ।

Nepal Telecom ad

लकडाउनले गर्दा आफ्नो कारोबार ठप्प भएपछि नन्दलाल घर बसेर कृषि तिर लाग्छन् । युट्युवका आकर्षक भिडियो हेरेपछि त उनलाई कस्ले भेट्छ र ? आफू त तेसै फुर्के मान्छे। यो साल बर्षामा पानी पनि धरै परेन । ठुलो पानी आएर बाली नाली डुबायो भने पनि सरकारले क्षतिपूर्ति पनि दिन्छ । दुईतिरबाट फाइदा। धेरै के के सोचे, सोचे……..।

गाउँका सबै मिलेर कोठेबारीमा तरकारी खेति गरे। लटरम्म फलेका बोडी, भिन्डी, करेला, काँक्रा र फर्सीका स्वादहरूको सहरको चारै पट्टी हल्ला भयो। मान्छे सब्जी किन्ने भन्दा पनि खेति हेर्ने र फोटो खिँच्नेको भिड लाग्न थाल्यो ।

एक दिन नन्दलालकी जहान पल्लो गाउँ सानी फुपूकोमा गएकी थिइन् । घर फर्केर आउँदा झमक्कै रात परि हाल्यो । तरकारीको जोहो बेलैमा नगरेकाले अँध्यारै भए पनि बारीमा फर्सी टिप्न भनेर गएकी मात्र थिइन्, चोर बारीमा देखेको भन्दै हाँप र झाँप गर्दै आउँछिन् । नन्दलाल पनि लामो सिरुपाते खुकुरी बोकेर चोर खेदाउन जान्छन् । उनले त चोर होइन भूत पो देखे। करिब पाँच फुट जति अग्लो । आगाको सानो ठुटो हिँडिरहेको छ । बेला बेला निभ्दै, बल्दै गर्छ । जतिनै डर लागे पनि नन्दलालले साहसिक कदम उठाएर आफ्नो साहसिकताको परिचय दिनु थियो । उनले भूतले थाहा नपाइकन बिस्तारै बिस्तारै उसको पछि पछि लागेर हिँडे । आखिरी हातमा खुकुरी छँदै थियो । भूत बारीको एक फन्को मारेर आगाको ठुटो आँगनको पल्लो छेउमा फ्याँकेर नन्दलालकै घरभित्र छिर्यो । अब चैँ उनको हंसले ठाउँ छोडिसकेको थियो । सारा शरीर थरथर काँम्न थाल्यो । कसो कसो साहस जुटाए । “सबैजना बाहिर निस्क भित्र भूत छिर्यो,“भन्दै चिच्याउन लागे।

भित्रबाट छोरो फुत्त निस्केर भन्छ, “बाबा, भूत कता छिर्यो।“। तेतिबेला छोराको मुखबाट ह्वास्स सिगरेटको गन्ध आइरहेको थियो ।

असम, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x