साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूपी शेरचन  : २३ भावपूर्ण कुरा

भूपी र हरिभक्त कटुवाल निकै निकट थिए, भूपी अरुसित उनको परिचय गराउँदा यसो भन्थे, उहाँ कट्टुवाल, म चैँ पाइन्टवाल ।

Nepal Telecom ad

१. भूपी सदैव भन्थे, मलाई दुईटा क ले बिगार्‍यो, कम्युनिष्ट र कविता ।
२. भूपी पोखरा बस्दा एउटै ब्राण्डको चुरुट पिउँथे, त्यो चुरुट थियो क्यारबेन ।

३. भूपी शुरुमा झूर कविता लेख्थे, उनको सारीभित्र नारी कविता पढेपछि उनलाई पोखरामा पढाउँदै बसेका कवि भीमदर्शन रोकाले हप्काएछन्, “यस्तो वाहियात कविता पनि लेख्यौ भने तिमी मर्‍यौ । सक्छौ भने……लेख नभए बन्द गर ।”

४. भीमदर्शन रोकालाई भेटेपछि मात्र भूपीले उत्कृष्ट कविता लेखे जसमध्ये धेरै कविता घुम्ने मेचमाथि अन्धो मान्छेमा संगृहित छन् ।
५. भूपी र अम्बर गुरुङ घनिष्ठ मित्र थिए तर दुवैको जीवनमा हाकिम र कर्मचारीको दूरी सदैव रह्यो ।

६. भूपीले नाटक पनि लेखेका छन्, ‘परिवर्तन’ ।
७. भूपीको वास्तविक नाउँ भूपेन्द्रमान शेरचन भनिए पनि उनको पहिलो नाउँ भाग्यमान शेरचन हो जुन चलनचल्तिमा आएन ।

८. भूपी प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ हुँदै अनेक रोगले सताइएका थिए, पछि उनको मानसिक रोग पनि बढ्दै गयो त्यस्तो वेला उनी एउटा गीत गाउँथे, उता कोठामा राजको सिआइडी छन् …हामी अब भाग्नुपर्छ , भाग्नुपर्छ ।

९. त्यतिवेलाका हरेक साहित्यकार (जस्तो माधव घिमिरे, शंकर लामिछाने, यादव खरेल, राममान तृषित) को जस्तै भूपीका पनि दुई पत्नी थिए, सजातिय र राणा थरकी ।

१०. भूपीका दुई पत्नीबाट दुई छोरा मध्ये दुवैलाई गायनमा असाध्य रुचि छ ।
११. भूपीको पछिल्लो कविता संग्रह भूपी शेरचनका कविताहरूको सम्पादन शिव रेग्मीले गरेका हुन्, संयोगले यसको पहिलो संस्करणमा भूपीको नभएर तीनओटा कविता अरु स्रष्टा बालकृष्ण सम, ईश्वरवल्लभ अनि नगेन्द्र थापाको परेका थिए- यस पंक्तिकारले त्यो त्रुटि देखाएपछि साझाले पछि सच्याएको पाइन्छ ।

१२. भूपी कविता राम्रो लेख्ने भए पनि गीतमा उनको मिटर गडबड हुन्थ्यो ।…
१३. भूपीको सेन्स अफ् ह्युमर बेजोड थियो, उनी भन्थे, जब गीत हुन्छ अगमको संगीत अम्बरको, तब हुन्छ गीत एक नम्बरको ।

१४. भूपी शंकर पत्नी रत्ना लामिछानेले फ्राइ गरेको आलु खाँदा सँधै भन्थे, मलाई यो आलु भाउज्यू जस्तो र सिन्का शंकर दाइ जस्तो लाग्छ ।

१५. भूपीको डेरा प्यूखा टोलमा पाँच तल्लामाथि थियो, उनी घर पस्ने वित्तिकै सबभन्दा पहिले झ्याल बन्द गर्थे । कारण, रक्सीको मातमा कुनै समय झुक्किएर झ्यालबाट बाहिर नगइयोस् भनेर ।

१६. भूपीकी ठूली छोरी संगीता विमानसेवासित आवद्ध थिइन् भने कान्छी छोरी कविता नेपालमा एफएम शुरु हुँदा एफएमसित आवद्ध थिइन् ।

१७. भूपीको पछिल्लो प्रेमप्रसँग एउटी गायिकासित लामो समय चल्यो तर त्यो विवाहमा परिणत हुन सकेन ।
१८. भूपीले आफ्नो किताबको नाउँ आफ्ना एक भान्जालाई उपहारस्वरूप नामाकरण गरिदिए, त्यो नाउँ हो ‘निर्झर’ । निर्झर अहिले थकाली भान्छाघर सञ्चालनमा व्यस्त छन् ।

१९. धेरै शेरचन साहित्यकारहरू भूपीलाई आफन्त भन्छन् तर कसैले भूपीलाई त्यो उँचाईमा चिनेकै थिएनन् । भूपीको चर्चित कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ शंकर लामिछानेको ताहाचलको घर को ८ बाई ८ कोठामा रचिएको र वाचन गरिएको हो अनि पछि यो रुपरेखामा विशेष अंकको रुपमा प्रकाशित भएको हो ।

२०. भूपीले अम्बर गुरुङको परिचय शंकर लामिछानेसित गराइदिए, शंकर लामिछानेले पारिजातको परिचय भूपीसित गराइदिए ।
२१. भूपीका प्रायः गीतमा नातिकाजी, शिवशंकर र गोपाल योञ्जनले गाएका छन् भने सर्वाधिक चर्चित गीत अल्झेछ क्यारे पछ्यौरी पहिले नारायणगोपालले संगीत गरेको भए पनि पछि गोपाल योञ्जनको संगीतमा रेकर्ड गरियो ।

२२. यो नेपाली शिर उचाली संसारमा लम्कन्छन् भन्ने भूपीको गीत रेकर्ड हुँदा नेपाली जाति अमेरिका, अष्ट्रेलिया जान थालेका थिएनन् ।
२३. भूपी र हरिभक्त कटुवाल निकै निकट थिए, भूपी अरुसित उनको परिचय गराउँदा यसो भन्थे, उहाँ कट्टुवाल, म चैँ पाइन्टवाल ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Kamlesh
Kamlesh
10 months ago

Hello

Nepal Telecom ad
तिमी मुसा नै हौ

तिमी मुसा नै हौ

प्रकाश सायमि
1
0
Would love your thoughts, please comment.x
()
x