साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी मुसा नै हौ

बिरालोदेखि कुकुर कुकुरदेखि बाघ बाघदेखि सिंह हुँदा तिमीले धेरै पटक अवतार बदल्यौ तर तिमीले तिमी भित्रको मुसाको लोभ कहिल्यै बदल्न सकेनौँ । तिमीभित्र मुसा सधैँ बाँचिरह्यो ... ।

Nepal Telecom ad

प्रकाश सायमि

कुनै दिन तिमी मुसा थियौ,
त्यो पहिलो सत्य थियो
पछि तिमीले मुसाको मासु खान बिरालो भयौ …
स्वभावैले तिमीलाई बिरालो भन्दा शक्तिशाली बन्नु थियो
तिमीले रूप फेरेर कुकुर भयौ …
कुकुर भएर तिमीले दासता बाहेक केही स्वीकारेनौ
फेरि तिमीले रूप परिवर्तन गर्‍यौ
तिमीलाई कुकुर भन्दा बलियो बन्नु थियो
तिमीले अवतार परिवर्तन गरेर बाघ भयौ ॥

बाघै त थियौ तिमी ..
तर बाघ भएर पनि तिम्रो अहम् बदलिएन ..
बाघलाई पनि शासन गर्न तिमी
विस्तारै विस्तारै …
सिंह बन्दै गयौ …
सबैको राजा सिंह ।

सिंह त कहाँ थियौ र तिमी ?
आवरण मात्रै त थियो,
आफूलाई छोप्ने र अरूबाट बच्ने
तिम्रो खोक्रो आवरण ।

बिरालोदेखि कुकुर
कुकुरदेखि बाघ
बाघदेखि सिंह हुँदा
तिमीले धेरै पटक अवतार बदल्यौ
तर तिमीले तिमी भित्रको मुसाको
लोभ कहिल्यै बदल्न सकेनौँ ।

तिमीभित्र मुसा सधैँ बाँचिरह्यो ..
अन्ततः तिमी मुसा नै हौ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूपी शेरचन  : २३ भावपूर्ण कुरा

भूपी शेरचन  : २३...

प्रकाश सायमि
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x