सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मान्छे (श्रृङ्खला १००)

हाम्रा आलयका प्रधान जनका, नेतृत्व खस्क्यो भने । डुब्ला त्यो घरबार चल्छ कसरी, मान्छे गनायो भने ॥ त्यस्तै हालतको कथा मुलुकमा, बढ्दो छ दैनन्दिन । मान्छे हैकमबाट शासक बनी, धर्ती रुवाए किन ॥

Nepal Telecom ad

के.पी.पौडेल

कस्तो काण्ड चल्यो यहाँ मुलुकमा, नौलो कहानी बन्यो ।
मान्छे ठालु उदात्त शासक बन्यो, हर्ता र कर्ता बन्यो ॥
मन्त्री शासक बन्छु रम्छु म भनी, शार्दूल प्राणी बन्यो ।
नेपाली जनता लुट्यो दनुजले, कस्तो खुगन्धे बन्यो ॥-१

हाम्रा वीर भुटानको मुलकको, थाङ्ने बनायौ किन ?।
नेपाली जनता अरू मुलुकका, ढाक्रे बनायौ किन ?॥
कस्तो नाटक उग्र चाल रचियो, साह्रै अधर्मी बन्यौ ।
अन्तर्राष्ट्रिय विश्वमञ्च थलमा, बेजोडले नाङ्गियौ ॥-२

काला कर्तुतले यहाँ मुलुकमा, ढाक्यो डँढेलो सरि ।
सेवा गर्छु भनेर आज कसरी, बन्छौ कसाई सरि ॥
तिम्रा भ्रष्ट कुकर्मका कदमले, साह्रै अँध्यारो भयो ।
लुट्ने शिल्प र होडका कहरले, यो देश खोक्रो बन्यो ॥-३

उम्दा शीर्षक सान मान पदमा, पुग्ने कला सिक्दछन् ।
छोरा नाति पनातिका जननका, सारा भुँडी भर्दछन् ॥
पुस्ता सात तकै बनून् अमिरझैँ, भन्ने इरादा धरी ।
मान्छे शासक उच्च नायक बने, नाना उपद्रो गरी ॥-४

हाम्रा आलयका प्रधान जनका, नेतृत्व खस्क्यो भने ।
डुब्ला त्यो घरबार चल्छ कसरी, मान्छे गनायो भने ॥
त्यस्तै हालतको कथा मुलुकमा, बढ्दो छ दैनन्दिन ।
मान्छे हैकमबाट शासक बनी, धर्ती रुवाए किन ॥-५

गाईको दुधको मिठास पनले, बाच्छो पिछा गर्दछ ।
रोगी होस् कमजोर होस् सकस होस्, आशा खुबै गर्दछ ॥
मोटा गौ सरि छन् ल शासक यहाँ, भोकै मरे शासित ।
हाम्रा सन्तति ती युवा र वनिता, हुन्छन् सधैँ आजित ॥-६

०००
बट्टार, नुवाकोट
हालः-बालाजु, काठमाडौं ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मेरो छ है स्वागत

मेरो छ है स्वागत

के.पी. पाैडेल
आयो वसन्त किन हो बहुतै रमाई

आयो वसन्त किन हो...

के.पी. पाैडेल
मान्छे

मान्छे

के.पी. पाैडेल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’