साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाउपेच

सापटी फुत्काउन पनि त कति अनुनय विनय गर्नुपर्छ नि ! के थाहा नभा तिकडम हो र ? अनि, अनि त त्यो साँवाभन्दा व्याजप्रेमीसित भन्दा मसँग दाउपेच कम छन् भन्ठान्या ?

Nepal Telecom ad

कस्तो अनौठो है ! यो पैसो भन्ने चिज क्या ! मलाई मात्र चाहिने भन्या ! मैले सापटी नतिरे पनि अरुकोमा त रुख छ त्यो पनि रातारात पलाउने ! कति टिपिरहन मिल्ने होला ! तैपनि उसैलाई खाँचो रे !

सामान्यतः रुख पलाउन र पात फेरिन छ महिना लाग्छ तर पैसाको रुख, पैसावालाको रूख त एक रातमै झ्वाम्म हुने हैन र ?! उसले टिप्दै बाँड्दै गरे हुने नि । बरु एउटै मान्छेलाई दोहोर्‍याएर नदिने भए अर्को पटक माग्न श्रीमती, छोरा क्रमशः पठाउँथे नि ! ती पलाका पात टिप्न पनि … नदिने दाउ होला क्या पात नटिप्ने !

हिजो एक जना भन्दै थियो सहृदयी ठानेर सापटी दिनेले खपेको छट्पटी सम्झी न ! त्यो सापटी दिनेको ठाउँमा बसेर म नतिर्नेले किन सोचविचार गर्ने ? फोकटिया ! उसलाई पैसा खाँचै छैन । खाँचो त मलाई हो । घरव्यवहार चलाउन कम्ता गाह्रो छ मलाई ! छोराछोरीको बिहादान गर्नुपर्‍यो, श्रीमतीको रहर कति छ ? बेलाबखत साथीभाइ भेट फेरि व्यवसाय बढाउनुछ, बैंकमा पनि त अलिकति रहनुपर्छ । कस्तो कुरै बुझ्दैन भन्या । अस्तिनै सापटी दिएँ भनेर मागिरहन्छ भन्या ! एक पटक दिएको सापटी जाबो कतिचोटि मागिसक्यो त्यै पनि छाड्दैन । २/४ चोटि मागेपछि त छाडिदिनु नि कत्ति झ्याउ नलाग्या होला ! हुँदा हुँदा घरमै आउने , बाटोघाटोमा पछ्याइरहन्छ बा !! अब त प्रहरीकहाँ जान्छु, कानुनी प्रक्रिया अपनाउँछु भन्छ कस्तो जिराहा है मोरो !

उसले मलाई चिनेकै रहेनछ । म कहाँ सापटी तिर्ने मान्छे हो र उसलाई तिर्ने ! प्रहरीले पनि सम्झाईबुझाई ती भन्छ म हुन्छ भन्छु। २/४ वर्ष यताउता परिहाल्छ तैपनि छाडेन भने व्याज सकिन साँवा मात्र तिर्छु भनेर उम्कन्छु नि ! म पनि कित समय राजनीति गरेर जालझेलमा विशेष योग्यता हासिल गर्‍या मान्छे हो नि ! यति नजानेकाले सापटी लिन सक्छ ? सापटी फुत्काउन पनि त कति अनुनय विनय गर्नुपर्छ नि ! के थाहा नभा तिकडम हो र ? अनि, अनि त त्यो साँवाभन्दा व्याजप्रेमीसित भन्दा मसँग दाउपेच कम छन् भन्ठान्या ? सजिलोसँग भन्या भन्या बेलाँ तिर्नलाई ? भैगाे चुप लाग !

०००
पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x