साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवी दुर्गाको डायनोसोरमा आगमन

पत्रकारहरू आउलान्, किसिम प्रश्न सोध्लान् । तिमीहरूको ठेगान छैन । भरे तिमीहरूले पत्रकारहरूलाई हातपाई गर्ने बेर पनि लाउँदैनौ । अचेल मर्त्यलोकमा पत्रकारहरूलाई हातपाई गर्ने दस्तूर भएको देख्दैछु ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

मान्छेकै देखासिकी गरेर यसपालीदेखि पशुहरू पनि आन्दोलनमा ओर्लेका छन् । पशुपार्टीको आफ्नै झण्डी, फेस्टुन, प्लेकार्ड लिएर जुलूसमा नारा भट्याउँदै, लेडिज पशुहरू फुल मेकअपमा इत्रिँदै, बत्तीस दन्त देखाउँदै नारा भट्याई यिनीहरू पशुराजको दरवारमा पुगी गगनभेदी स्वरमा, पशुराजको जय होस्, पशुराज अमर रहोस्…अमर रहोस् भनी नारा लाउँदैछन् । जबसम्म सूर्य रहनेछ, यो फरेष्टका पशुराजको जय जय हुनेछ ।

यस्तो नारा सुनेर पशुराज फुर्के हुँदै बाहिर आएर बोल्छन् –के भयो माई डियरेष्ट अनि नियरेष्ट पशुप्रजाहरू ? आज मेरा प्रजाहरू निकै फ्रेस अनि ह्याप्पी मुडमा पो देख्दैछु । तिमीहरू कुशलै छौ होइन ?

बाँदरहरूका क्यापटन ढेँडु बोल्यो, वी आर नट ह्याप्पी पशुराज ।
पशुराज छक्क परेर, हँ….किन किन अखुशी तिमीहरू ?

ढेँढ़ु- पशुराज… यसपाली हाम्रो गाउँमा बाढ़, पैह्रोले सब स्वाहा भयो । हामी बसेका रुखहरू पैह्रोले सोहोरेर लग्यो । खानेकुरोको अभाव छ हामीलाई । सड़क राम्रो हुँदा सड़कमा गुड्ने गाड़ीका प्यासेञ्जरले केरा, आइफल, कुर्कुरे, चिप्स दिन्थे । अहिले सड़कलाई पनि पैह्रोले सोहोरेर सड़क चुँड़िएको छ पशुराज ।

पशुराज जगर मुसार्दै बोल्यो, मलाई सब थाहा छ । मान्छेले दिएको केरा आइफल खायौ ठिकै छ… तर यो कुर्कुरे, चिप्स चाहिँ नखानुपर्ने तिमीहरूले ।

क्यापटन ढेँढ़ुले आफ्नो स्पष्टीकरण दियो – किन पशुराज ? अब खानु नै नपाएसी जे जे पाइन्छ त्यै नै खाइन्छ नि । अस्ति एउटा बाँदर साथीले बियर पनि पो स्वाट्टै पारेछ । मातेर कम्ति च्यालेञ्ज गरेको होइन पशुराज । मातेको बेला त यसलाई मैले मान्छे नै देखेँ ।

पशुराज गम्भीर मुद्रामा, अहो ! भेरी ब्याड । पशु भएर पशुजस्तै बस्नुपर्छ । मान्छेले खाने कुरा खानुहँदैन । फेरि तिमीहरूले चिप्स, कुर्कुरे के पनि खान थालेछौ । यो राम्रो भएन ।

ढेँडु गम्भीर स्वरमा बोल्यो – किन पशुराज ?
पशुराज चारैतिर हेर्दै, किन नि…त्यति पनि थाहा छैन ? त्यसमा नून हुन्छ । नून खायो भने पशुहरू मान्छे हुन थाल्छौं । नून खानेले गुण बिर्सिन्छ ।

हात्तीलाई प्रतिनिधित्व गरेर आएकी ढोई बोली, पशुराज ! लोकालयमा हाम्रो अस्तित्व क्रमशः रब्बीस भइरहेछ ।

पशुराज गम्भीर भावमा बोल्यो, सबै कुरा थाहा छ । अचेल त इण्टरनेटबाट सबै थाहा पाउँछु । ठिकै छ तिमीहरूको जे ग्रिभान्स छ एकजना प्रवक्ता आएर मलाई भन ।

जुलूसमा भेला भएका सम्पूर्ण पशुहरूकै सर्वसम्मति निर्णयमा तिनीहरूले स्याललाई प्रवक्ता मनोनित गरे । स्याललाई प्रवक्ताको रुपमा मनोनित गरेपछि स्याल फुर्केर केही थिएन । आफ्नो मोबाइल फुत्त निकालेर त्यसले आफ्नो स्याल ड्राइभरलाई बोलायो । ड्राइभर आएर निहुरेर बोलाएको कारण सोध्यो । कोनि के भन्यो कोनि स्याल ड्राइभरले गाड़ी लिएर आएर जुलूस अघि राख्यो । खासमा स्यालले आफ्नो गाड़ी देखाउनुलाई गाड़ी बोलाएको रहेछ ।

एउटा उपद्रे बाँदरले ता आफ्ना साथीहरूलाई कानमा खुसखुस गऱ्यो । के भनेको रहेछ भने, नाथे यो स्यालले त्यसको गाड़ी देखाउनु हाम्रो छेउमा गाड़ी राख्नु लाएको बुझ्यौ ?

एउटाले भन्यो, त्यसको नाथे गाड़ी चाहिँ हामीले के भनेर हेर्नु हई । यहाँ खान नपाएर बस्नु नपाएर यो फारसमा हामी पशुहरू कस्तो पीरमा परेका छौं । नाथे । अहिले लट्ठीचार्ज मात्रै होस् न… सबभन्दा पहिले ढुङ्गाले यसको गाड़ीको ऐनामै झार्लाम् झुर्लुम् पारिदिन्छु ।

सामान्य़ सिनियर बाँदर बोल्यो, ठैट…नेताहरू जस्तो म्यानर गर्नुहुन्छ ? नेताहरू पो जुलूसतिर ढुङ्गा हानेर ताण्डव गर्छन् ।

त्याे बाँदर बोल्यो, जस्ट किडिङ् यार ।
पशुहरूका प्रवक्ताका रुपमा स्याल खोल्च्याङ्-खोल्याङ् गर्दै पशुराजको सामु पुग्दा पशुराजले स्यालको उचित सम्मान र मर्यादाका साथ आसन ग्रहण निर्देश दिँदै सोध्यो –तिमी किन खोरण्डौ पो छाै त ।

पशुराजको यो कुरा सुनेर स्याल प्राण परेर एक्कासी रुन थाल्यो । स्यालको वाकशक्ति रोकिएकोले स्याल हुँक्क… हुँक्क रुन सिवाय अरु केही बोल्नै सकेन । प्रवक्ताको रुपमा गएको स्याल रोएको देखेर त्यसका सह जुलूसयात्रीहरूले पनि आँसु झारे ।

सबैलाई सुमधुर वाक्यमा सान्तवना दिँदै पशुराज बोल्यो, तिमीहरूलाई राम्ररी थाहा छ म मेरा पशुप्रजाहरूलाई आफ्नै सन्तान झैँ ठान्छु । तिमीहरूको दुःखले मेरो हृदय सुइराले रोपिए झैं भइरहेको छ । आज म यहाँ सहर्ष घोषणा गर्दछु तिमीहरूका दुःख निवारणको निम्ति म हार्ड ट्राइ गर्नेछु ।

पशुराजको मीठो वचनले जुलूसमा भेला भएका सबै पशुहरू शान्त भए । स्यालले गगल्स खोली आँसु पुछेर गगल्सको ग्लास त्यसकै पुच्छरले पुछेर ख्वाप्पै लगाएपछि करुण स्वरमा बोल्यो- पशुपतिनाथ विरुद्ध हाम्रा धेरै गुनासाहरू छन् । रक्षक नै भक्षक…..

पशुराज प्रचण्ड रिसाउँदै बोल्यो, यो के भन्दैछौ ? वाट इज दिस् रक्षक नै भक्षक ? त्यसको प्रुफ दिनुपर्छ । तिमीहरू प्रुफ दिनसक्छौ ? विदाउट एभिडेन्स अचेल केही पनि मान्य हुँदैन भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्ने ।

प्रवक्ता बोल्यो, म स्वयम् नै त्यसो प्रमाण हुँ सर । तपाईंलाई थाहा छ हामी पण्डित वंशका हौं । राती हुँक्का..हुँआ…हुँक्का हुँआ…गर्ने हाम्रो सधैँको अभ्यास हो । यो हामी स्याल जातिको हेरिडिटी हो । तर हामी यसरी कराएको लोदर अरे ! हामी राती हुँक्का हुँआ… गर्नमा प्रतिबन्ध लाउने कुरा सुन्दैछौं ।

पशुराजको मिठो तर्क, खासमा मानिसहरू हिजोआज लारीलप्पा, डिस्को, पप्स गीत सुन्न मनपराउँछन् । यसैले तिमीहरूजस्ता ज्ञानी पण्डितहरूको टीआरपी घटेको हो ।

प्रवक्ताको तर्क, त्यो तिनीहरूको पर्सनल म्याटर हो । तर यी लोभी, राष्ट्रविरोधी मानिसहरूले निर्विचार फारस सोत्तर पारेर हामीलाई रिफ्यूजी बनाएका कसले देख्ने, कसले सोँच्ने ? पशुका वंशहरू क्रमशः निष्ठुरता र क्रुरताको शिकार हुँदैछन् ती पापीहरूले फारसका रुखहरू सोत्तर पारे पारे । कतिपय फारसको पुरानो एण्टिक बङ्लोको छानु, सालको गतिला-गतिला बटन, तख्तीहरू जसले पायो उसैले लगेर गाईको गोठ बनाएका छन् । अनि मक्किने काठहरू जति काठ कोइला बनाएर गतिलो बिजिनेस गरिरहेका छन् ।

पशुराज ! केही वर्षपछि यो फारसमा हाम्रो बस्ने ठाउँ, चर्ने ठाउँ सबै नाङ्गो हुनेछ । अनि त्यहाँ होम स्टे बनाएर मान्छेले ढलिमली गर्नेछ ।
हिजोआज यहाँ होम् स्टे बनाउने होड़ चलेको छ ।

त्यति मात्र होइन हाम्रो बासस्थल, चरणस्थल हामीबाट खोसिएपछि फेरि हामी पनि मान्छेजस्तै पर्जापट्टा, र कुने कति डेसिमलको निम्ति छटपटिनुपर्नेछ । दिस इज भेरी डेञ्जर ।

पशुराज दुखित हुँदै बोल्यो, यो मान्छेको जात नै यस्तो हो । झन् यो नेता भन्ने मान्छेको जात घटिया हो । यहाँ जति जे पनि बिग्रेको छ नि यी नेतामान्छेकै कारणले हो । नेता ठिक भए इन्द्रेको बाबु चन्द्रेले पनि हल्लाउन सक्दैन । नेता भएर आफ्नो पर्सनालिटीमा बस्नुपर्छ । जता मल्कू त्यतै ढल्कू भयो भने जनता भड़खालोमा पर्छन् । जे होस्, तिमीहरू पशु हौ पशु नै भएर मान्छे, यो मान्छे भन्नेको कुरा सोंच्दै नसोँच्नु, अनि मान्छे हुने कुनै कोशिष पनि नगर्नू । यी मान्छेको जात, नेताको जात देखेका छैनौ ?

श्श्श्शाला…यिनीहरू अरण्य सप्ताह, वन्य प्राणी सप्ताह पालन गरेर लम्बेतान भाषण छाँट्छन् ।
समवेत स्वरमा सबै कराउँछन्, यस यू आर राइट सर … हण्ड्रेड पर्सेण्ट राइट पशुराज । यसको प्रतिकार चाहनुहुन्छ भने अब स्वर्ण मौका….गोल्डेन चान्स तपाईको सामु आएको छ ।

पशुराज बोल्यो, कसरी कस्तो गोल्डेन चान्स ? आई काण्ट अण्डरस्टाण्ड यार ।
प्रवक्ता स्याल आफ्नो पुच्छर खेलाउँदै बोल्यो – देवी दुर्गाको मर्त्यलोक गमनको समय आएको छ । यसबेला तपाईंले चाहनुभयो भने महेश्वरको काँधमा बन्दूक राखेर गजबले पड़्काउन सक्नुहुन्छ । हमासले इजरायलमा धमाससाथ मिसाइल पड़्काए जस्तो । मर्जी हजूरको ; मेरो त अर्जी मात्रै ।

आँखा झिमझिम पारी पशुराज बोल्यो, चेष्टा गर्नेछ । आई वील ट्राई माई बेष्ट । तिमीहरूले मरिमरि चुटाइ खान्छौ, उठीवास लाग्छौ म चाहिँ आँखा चिम्लेर बस्नु ? त्यसो हुन दिन्नँ म । अ सिरियस एगसन वुड बी टेकन ।

मर्त्यलोक जाने तरखर भयो । अब प्रश्न आयो यसपाली देवीदुर्गाको मर्त्यलोकमा जाने वाहन कुन प्रयोग गर्ने ? सबैले नौकाको प्रस्ताव राखे । तर नौकाको प्रस्ताव सर्वसम्मतिक्रमले खारिज गरियो । कारण भर्खरै मात्र बाढ़ले मर्त्यलोकमा तहस नहस भएको छ । त्यहाँका जनताहरू बिल्लीबाँठ परेका छन् । तर नेताहरू भने आफ्नै दुनो सोझ्याउनमा व्यस्त छन् । यस्तो अवस्थामा नौकामा मर्त्यलोक जानु ठिक छैन । सबै रिसिएका छन् ।

पत्रकारहरू आउलान्, किसिम प्रश्न सोध्लान् । तिमीहरूको ठेगान छैन । भरे तिमीहरूले पत्रकारहरूलाई हातपाई गर्ने बेर पनि लाउँदैनौ । अचेल मर्त्यलोकमा पत्रकारहरूलाई हातपाई गर्ने दस्तूर भएको देख्दैछु । राम्रो खबर मात्रै लेख्नु अरे ! नेताहरूले सबै राम्रै काम मात्र गर्छन् ? उनीहरूको गल्ती पनि त हुन्छ । त्यो गल्ती चाहिँ नभन्नु अरे बाफरे ! त्यस्तो पनि हुन्छ ! एफआईआर गर्दा पनि एफआईआरको नाम त पुलिसले चट्टै काटिदिँदा रहेछ ।

प्रवक्ता मुखभरि एक फ्वाँक गुटखा र सुपारी हालेर बोल्यो, त्यसो भए पशुराज देवीदुर्गाको वाहन यसपाली के हुने होला ?

पशुराज गम्भीर स्वरमा बोल्यो, डण्ट वरी…डण्टवरी ! माई डियर स्पोक्सम्यान । मैले यसपाली देवीलाई डायनोसोरमा तल पठाउने कुरा सोँचेको छु ।
सबैको प्रश्न, किन डायनोसोर ?
पशुराज, डायनोसोर सेफ । डायनोसोरमा देखेर तलकाहरू छक्कै पर्छन् । नेताहरू डायनोसोरसित फोटो खिँचाउन धुइरो लाग्नेछन् । किनभने नेताहरूलाई हातमा राख्न सके सब फत्ते हुन्छ । नेता खुस त देवीदुर्गा र उनको टोली खुस ।

समवेत स्वरमा सबै गगनभेदी स्वरमा कराउन थाल्छन् –
जय दुर्गादेवी !
हिप्पिप् हुर्रे डायनोसोर ।

०००
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x