शेषराज भट्टराईब्ल्याकहाेलकाे ब्यहाेरा
जुनसुकै देशका शासकहरु शक्तिले खामेसम्म बामे सरेर भए पनि सत्ताकाे स्वाद लिन खाेजिरहन्छन् । अनि हामी सामान्य मानवलाई ब्ल्याकहाेल र शासकमा के नै अन्तर रह्याे र ?

शेषराज भट्टराई :
ब्ल्याकहाेल डरलाग्दो हुन्छ भन्ने भन्ने कुरा कुरा मैले कतै पढेको थिए । सुन्नमा आएको छ याे आकाशगंगामा चङ्गा मनकासाथ भुमरी परेर फनफनी घुमिरहेकाे हुन्छ रे । हामीले हगभाेग गरिरहेकाे पृथ्वी जस्तो धेरैवटा पृथ्वी एकैपटकमा सर्लक्क निल्नसक्ने क्षमता हुन्छ रे त्यो अजङ्गको ब्ल्याकहाेलसँग । गिलाे दलदल परेको त्यो कालो भुमरीले दैनिकजसो धेरै ताराहरुलाई निलिरहेकाे हुन्छ रे । कुनै समय हाम्रो पृथ्वी पनि घुम्ने क्रममा त्यस ठाउँमा पुग्यो भने हामी सबै त्यही ब्ल्याकहाेलमा विलिन हुन्छौं हाेला । विश्वकाे अद्भुत र डरलाग्दो सृष्टि जस्का कारण ब्राह्मणकाे उत्पत्ति , विकास अनि अन्त्यका विषयमा बुझ्नलाई अत्यन्त महत्त्वपूर्ण मानिन्छ । त्यसैले धेरै वैज्ञानिकहरु यसकाे अध्ययन गर्दागर्दा लखतरान र हैरान छन् । अबुई, सुन्दा पनि कति डरलाग्दो आङ नै जिरिङ्ग हुन्छ ।
विश्वकाे सबैभन्दा रहस्यमय र अत्यन्तै शक्तिशाली मध्ये ब्ल्याकहाेल पनि एक मानिन्छ ।अन्तरिक्षमा हुने याे एउटा यस्तो कडा गुरुत्वाकर्षण क्षमता हुन्छ कि यसभित्र छिरेको प्रकाश पनि बचेर निस्कन सक्दैन भन्ने भनाइ छ । कालाे छिद्र जस्तो देखिने यसले आफ्नो वरिपरि भएका ग्यास, धुलाे , तारा, र अन्य कुनै पनि खगाेलीय बस्तुलाई सजिलै सबैकुरा एकैपटक निलिदिन सक्छ ।
अथाह शक्तिका कारण त्यहाँ कसैको हारगुहार र पुकारा चल्दैन । अगाडि परेका सबैलाई आफूमा विलीन गराउनु भनेको चानचुने क्षमताले भ्याउने भेट्टाउने कुरै हाेइन । ब्ल्याकहाेल तीन किसिमका हुन्छन् स्तेलर मास – जुनचाहिँ ताराहहरुकाे विस्फोट पछि बनेका र सुपरमाभिस ब्ल्याकहाेल चाहिँ आकाशगंगामा हुने धेरै जसाे आकाशगंगाहरुकाे केन्द्रमा सूर्य भन्दा लाखौं गुणा ठूला हुन्छन् । त्यस्तै इन्टरमिडियट ब्ल्याकहाेल चाहिँ मध्यम आकारको हुन्छ । यिसबै आकाशगंगाकै अधिपति हुन् ।त्यही विराजमान हुन्छन् र त्यही राज गर्छन् ।
अब हामीले के अनुमान गराैँ भने संसारमा जति पनि देशहरु बनाएका छन् शासकहरुले तिसबै मानवजातिका लागि ब्ल्याकहाेल जस्तै हुन् । एकले अर्कालाई सकेजति र मिलेसम्म ब्ल्याकहाेलले जस्तै आफूमा समाहित गरेर निल्ने प्रयास निरन्तर जारिराखेका हुन्छन् । युक्रेनलाई रुसले निल्नखाेजेकाे करिब चार वर्ष हुन लाग्याे । निल्नखाेज्ने र निलिन नमान्ने बिचकाे द्वन्द्वका कारण लाखौँ घरबार बिहिन भएका छन् भने हजारौँको संख्याका निर्दाेष मानवहरु मृत्युको मुखमा पुग्न बाध्य छन् । म सबैभन्दा शक्तिशाली ब्ल्याकहाेल हुँ मैले भनेको सबैले मान्नुपर्छ । नमाने जेपनि हुनसक्छ भनेर सिंगाैरी खेल्दै डुक्रिने काम त अमेरिकाले बारम्बार गरिरहेकै छ । आइसल्याण्ड, मेक्सिको, क्यानाडालाई निल्छु भनेर धम्की पनि नदिएको हाेइन । निल्छु त भन्छ तर हाड निल्न पहाड जत्तिकै गाह्राे छ । गाह्रो छ । तैपनि सिरकभित्रबाट मुड्की चाहिँ उज्याइ रहन्छ । ङार्ररङुर्रर गरिरन्छ ।
पछिल्लो दृष्टान्त भारतले नेपाललाई निल्न खाेजिरहेकाे छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्तो ठूलो भूभाग भारतले निल्छु अवराेध विराेध नगर भनेर बारम्बार भनिरहेको छ । हाकाहाकी त्यो तेरो हाेइन भन्छ साँढेले । आफ्नोे छेउछाउका कमजाेर देशहरुलाई भारतीय ब्ल्याकहाेलले बारम्बार निल्ने प्रयास गरिरहेको हुन्छ । इजरायलले प्यालेस्टाइन राज्य हमास/ गाजालाई निल्छु भनेर हाकाहाकी भन्दै हजारौँको हत्यामा रमाइरहेकाे छ । पाए र भेटेसम्म निल्ने प्रयास जारी छ । चिनले ताइवान, हङकङ, तिब्बतलाई उहिल्यै निलेकाे भनेर हवाला दिइरहेकै छ ।
म्यानमार भन्ने देशमा शैनिकहरुले निकै ठूलो नरसंहार गरेर शसनकाे स्वाद लिइरहेको छ । श्रीलंका, बंगलादेशमा सत्ताकाे स्वादका लागि सत्तानै पल्टाए । ब्ल्याकहाेल प्राकृतिक शक्ति हाे याे आफ्नै गति र कक्ष्यमा विनालक्ष्य चक्कर मारिरहेकाे हुन्छ तर स्वार्थी मानवले मान्छेलाई पिराेल्ने दूषित लक्ष्यकासाथ अगाडि बढिरहेको हुन्छ । नेपालकै शासकहरुकाे कुरा गरु यहाँ कमजोर दललाई पाखा लगाएर वा शक्तिका कारण आफूमै विलीन गराएर ब्ल्याकहाेलले जस्तो निलेर आफू निस्कलंकित निर्दाेष निस्पक्ष भएको भ्रम एकतमासले फैलाइ रहेको हुन्छ । याे शासककाे धर्म हाे । जुनसुकै देशका शासकहरु शक्तिले खामेसम्म बामे सरेर भए पनि सत्ताकाे स्वाद लिन खाेजिरहन्छन् । अनि हामी सामान्य मानवलाई ब्ल्याकहाेल र शासकमा के नै अन्तर रह्याे र ?
मृत्यु सिर्फ एकपटक हुन्छ त्यसलाई ढिलाेचाँडाे सबैले स्विकार्नु पर्छ भने हामीले मुटु हल्लाएर डराएर थुरथुर काम्दै तुरतुर मुत्दै कतिन्जेल भाग्ने कतिन्जेल बाँच्ने ? त्यसैले जे छ जसाे हुन्छ सायद राम्रैका लागि हुन्छ ।
अर्थशास्त्रमा भनिएको छ प्रकृतिले सन्तुलन मिलाउनलाई नै मान्छे जन्मिने र मर्ने गर्छ । आज एउटा जहाज समुन्द्रमा डुब्दै छ वा भीरबाट एउटा गाडी लड्दै छ भने पनि छटपटिएर अजाेडबजाेड गरेर के गर्नु प्रकृतिले सन्तुलन मिलाएकाे भनेर चित्त बुझाउनु शिवाय यस जगतमा अरु कुनै उपाय छैन । सिर्फ तुम शरणम् गच्छामि भन्याे कन्याे आनन्दले बस्याे । लाग्छ नि मलाई त त्यसैमा हाम्रो भलाई छ ।
०००
फूलबारी शिवशक्ति मार्ग, पाेखरा, कास्की ।
फाेन :- ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest




































