साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो जुलुम हाम्रो सर्वस्व

अन्यथा हामी नेपाली भाषाकाे अभावमा चुर्लुम्म डुब्छाैं । हाम्रो मात्रै हाेइन भावी पुस्ताकाे पनि जुलुम हुन्छ सर्वस्व डुब्छ । यसरी नै बुढी मरी भन्दा पनि काल पल्किन्छकि भनेर हामी डराइ रहनुपर्छ कराइ रहनुपर्छ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

हाे ! मेरो जुलुम भएकै हाे । म अब डुब्ने पक्का पक्की जस्तै भएको छ । हुन त हाम्रो देशमा इम्बाेष्ड नम्बर प्लेट नेपालीमा नलेखेर अंग्रेजीमा लेखिदा पनि सर्वस्व गुम्याे भनेर दुखमनाउ गर्ने धेरै छन् । साच्चै भनुभने त्यो दुखमनाउ गर्नेमा मपनि पर्छु । जसरी हुन्छ देवनागरी लिपिलाई पाखा लगाएर अंग्रेजी भाषालाई माउ र बाउ भाषा बनाएर नेपाल सरकारले ठूलै पापड बेलेर जनतालाई प्रसन्न पारें भन्ठान्छ हाेला तर यस्ता कामले पुस्ताैंपुस्ता पछाडिसम्म असर गर्छ भन्नेकुरा तत्काल तरमा बिक्नेलाई के थाहा ।

म आफू पनि नेपाली भाषा गाेडमेल मलजल गरेर घना हराभरा र उर्वर बनाएरै छाेड्छु भन्ने साेच भएको मानव हुँ त्यसैले श्रीमती, पाहुनापासा, निम्तासिम्ता, घुमफिर, रमाइलो, मनाेरञ्जन, निन्द्रा सबैकाे आँखा छलेर एकाेहाेराे एकतमासले लागिरहेको छु । तर मैले भरमार उत्पादन गरेकाे खेतीले बजार नपाउदा र आफ्नैले पनि मनदिएर नचरीदिदा मन मर्ने जाेस जाँगरकाे अवसान हुने र चित्त दुख्ने जाेखिम पनि उत्तिकै हुनेरहेछ । यिसबै भवसागर पार गर्दागर्दै पनि फेरि अर्कै महासंकट सागर अगाडि देखापर्छ भने आफ्नो जुलुम सर्वस्व डुबेझैं लाग्नु /आकलन गर्नु स्वभाविक नै ठहर्दाे रहेछ ।

मेरो छिमलका जतिपनि दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ भने यस्तै मेरो जस्तै महासंकटकाे अनुभव गरिरहनु भएको हाेला । आफ्ना सन्तान सबै बाहिर बहकिएका छन । यहाँ लालाबाला मात्रै हाेइन भाषा नै बाहिरिएकाे छ । किनकि एउटा देशभक्त नागरिकले आफ्नो देशको भाषालाई उधुम माया गर्छ । अझ भाषाकै खेती गर्नेले त झनै गर्छ । भाषाकै लागि मर्छ । भाषाकै लागि आखातर्छ ।भाषाकै लागि केही गर्छ । कसैले माया गर भनेर घाेक्रेठ्याक लगाउदैमा माया पलाएर निथ्रुक्क काेही पनि भिज्दैन तर जब माया लाग्छ तब त्यो मानवलाई अरु कुनै कुराले पनि चित्त बुझ्दैन त्यही चाहिन्छ । त्यो भएन भने उसमा अमनचयन भन्ने कुराकाे पित्काे पनि रहँदैन । हुनत हुटिट्याउँले सगर कहाँ धान्छ र तर सगरै नधाने पनि हुटिट्याउ चाहिँ चाहिने रहेछ ।

अहिले मलाई सगर धान्ने क्षमताकाे हुटिट्याउ चाहिएको छ भनेर कहाँ पाउनु । यसका लागि त अग्रिम तयारी र हुटिट्याउ फैलिने फक्रिने सिमसारकाे मजबुत तयारी हुनैपर्छ । अन्यथा हुटिट्याउले सगर धान्न केही खाचाे छैन । हुटिट्याउकाे मात्रै हाे र सगर त्यसले धान्नुपर्ने ?

नेपाल सरकारले नेपाली भाषा मास्दैमा नेपाल देश नै नचल्ने भन्ने चाहिँ हुँदैन तर पनि नेपाली भाषा चाहिँ चाहिन्छ चाहिन्छ । यसलाई मास्न नेपाल सरकार हरतरहले लागिरहेकाे बेलामा आफ्नै चुलाका सन्तानले पनि अंग्रेजी बाेलेकाे सुन्दा र मनले गुन्दा अब नेपाली भाषाले आफ्नो अस्तित्व जाेगाउन गाह्रो पर्लाजस्ताे छ । मेरा पुस्ताका छाेराछाेरीले नेपाली पढ्न लेख्न नै नखाेजेपछि अब स्यालकाे सिङ खाेज्ने दिन आएछ कि झै लागिरहेकाे छ । स्यालकाे सिङ कराएका बेलामा मात्रै पलाउछ भनेझैं अब नेपाली भाषाकाे सिङ बिचार गर्ने पनि बाेलचालमा मात्रै त हाेला नि।

असली सिङ त गाेरुकाेझै जन्मिदै जनिएकाे हुन्छ । कराउदा मात्रै देखापर्ने सिङकाे यस्तो छुचाे जमानामा काम छैन । अब सिङ देखिएर मात्रै हुदैन सिङ उद्धाएर जाइलाग्न सक्नुपर्छ । सिङ बिनाका मुडुलालाइ सबैले हेप्छन् कसैले टेर्दैनन्।

मेरा पुस्ताका छाेराछाेरी जन्मिएर अब नाति नातिनी पुस्ता सुरु भएको छ । नाति नातिनीहरु अमेरिका, युराेपमा जन्मिएका छन् । आफ्ना छाेराछाेरीले नै नेपाली पढन, लेख्न, बाेल्न झिजाे मान्दामान्दै विदेश भासिए । विदेशमा नै रमाए उतै जागिर खाए । विदेशमा नै नाति नातिनी जन्मिएर तेतैकाे स्कुल पढ्न थाले । यही महिनाकाे सेप्टेम्बर ३/ २०२५ देखि नातिनी हर्षिका अमेरिकाकाे कार्बाेन्डेल भन्ने ठाउँकै स्कुलमा भर्ना भइन् । अर्काे नाति श्रीहान न्युजिल्यान्डमा जन्मिएको छ । अब त्यो पनि तेतैकाे शिक्षार्जन गर्छ । यी दुबैले आफू जन्मिएको देशकाे पासपोर्ट लिइसकेका छन् । नेपाल आउँदा यी आफ्नै नातिनातिना पर्यटक बनेर आउँछन् । सायद हजुरबा हजुरआमा भन्न पनि जान्दैनन् । अनि नेपाली भाषाकाे उत्थानका लागि यिनका बाबू आमा नै लागेनन् भने यी नाति नातिनी पुस्ता के लाग्लान र ? आमाले नै लत्ताे छाेडेपछि तामाकाे के आशा के भराेसा । जतिखेर पनि अंग्रेजी नै बाेल्छन अंग्रेजी नै लेख्छन् । अंग्रेजी नै खेल्छन् अंग्रेजी नै खान्छन् । अंग्रेजी नै सर्बाैषधी भएको छ । अनि नेपाल आएका बखतमा कराएका बाेलेका बेलामा स्यालकाे सिङ खाेजेजस्ताे हामीले पनि नाति नातिनी नेपाली बाेलेका बखतमा सिङ छ कि छैन भनेर ख्याल गर्नु पर्छ कि जस्तो लाग्छ ।

कस्ताे धर्मसंकट आइलाग्याे नेपाली भाषामा । निजी शिक्षालयमा अंग्रेजी बाेल्नेलाई मात्रै ट्यालेन्ट ठान्छन् । नेपाल सरकारले नेपाली भाषा परम्परा, संस्कार, संस्कृति, धर्म सबै बेचेर खायो । अगतिलाे नेता हुनुकाे प्रतिफल नेपाली जनताले भाेगिरहेका छन् । हिन्दुराज्यमा जबर्जस्ती धर्मनिरपेक्षता लादेका छन् । अनि हामी आमनेपालीको थाप्लामा यस्तो आपत आइलागेकाे छ कि अब नेपाली भाषाकाे श्रीबृद्धि कसरी गर्ने ? भएभरका नाति नातिनीहरु विदेशमा जन्मिएर विदेशमानै हुर्किन फुर्किन थाले । हजुर बाबू हजुर आमाले लेखेका पाेस्तकहरु अब यिनले पढ्छन् र पुनः प्रकाशित गरेर जतन गर्छन् भन्ने कुरा पनि स्यालकै सिङ जस्तो हुनेभयाे । अनि मैले र मजस्ताले यति धेरै भाेक निन्द्रा थकाइ नभनी लेखेर तयार गरेका कृतिहरु कसैले पनि संरक्षण नगर्ने, नपढ्ने, नहेर्ने भएपछि एउटा स्रष्टा साहित्य साधककाे लगभग अवसान त भयाे भयाे तर नेपाली भाषा चाहिँ जुलुमै हाेला जस्तो छ । म एक्लै घुक्क घुक्क राेएर के गर्नु नेपाली भाषाकाे संरक्षण सम्बर्द्धनमा हरेक शैक्षिक संस्थाले नेपाली भाषालाई मनैदेखि माया गर्नुपर्छ ।

यसकाे संरक्षणका खातिर दायाँबायाँ पलाएका झार कसिंगरहरु गाेडमेल गर्नु पर्छ । गल्लीगल्लीका स्ट्रिट शब्द हटाउदै इम्बाेष्ड नम्बर प्लेट पनि नेपाली भाषामा नै लेख्न सक्याैं भने मात्रै हामीले नेपाली भाषा पढेको नेपाली भाषाकाे धुरन्धर लेखक भएको र नेपाली भाषाका लागि मरिमेटेकाे सार्थकता हातलाग्न सक्छ अन्यथा हामी नेपाली भाषाकाे अभावमा चुर्लुम्म डुब्छाैं । हाम्रो मात्रै हाेइन भावी पुस्ताकाे पनि जुलुम हुन्छ सर्वस्व डुब्छ । यसरी नै बुढी मरी भन्दा पनि काल पल्किन्छकि भनेर हामी डराइ रहनुपर्छ कराइ रहनुपर्छ ।

०००
फूलबारी ११ पाेखरा कास्की ।
फाेन:- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हन्डर

हन्डर

शेषराज भट्टराई
आकस्मिक आन्दोलन

आकस्मिक आन्दोलन

शेषराज भट्टराई
म खरानी युगकाे मान्छे

म खरानी युगकाे मान्छे

शेषराज भट्टराई
के टीका लगाउनु र ?

के टीका लगाउनु र...

शेषराज भट्टराई
मेरो मोटु मित्र

मेरो मोटु मित्र

शेषराज भट्टराई
हन्डर

हन्डर

शेषराज भट्टराई
दानवकवि

दानवकवि

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x