साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प…र काे कथा

बा ! तपाईंले जुन माटोको माया गर्नुभयो त्यही माटो म भोलि कागजमा किनेर फर्काउनेछु तर त्यो माटोमा अब हाँस्ने कारण के बाँकी रहला ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

अर्काकाे घर हेर्न
अर्काकाे शहर हेर्न
अर्काकै उन्नति र रहर हेर्न
महङ्गो समयलाई सस्ताे भाउमा
बेचिरहेछु म ।

आजभोलि मेरा बा पनि
लैजा न हाै मलाई पनि घुमाउँन भन्छन्
बा ! छ महिना पछि भिसा पठाइदिउँला
भन्छु
फुरुङ्ग फुर्केर केटाकेटी जस्तै बन्छन्
जिन्दगीभर अर्काकै हेरेर मन दुखाइयाे
जिन्दगीभर केही हाेला कि भनेर आँत सुकाइयाे ।
अब त
आफ्नै मुहार पनि चिन्छुजस्तै लाग्दैन
आफ्नै सहर, आफ्नै गन्ध पनि
पराइझैं लाग्छ कहिलेकाहीं।

मैले छोडेर आएको त्यो धूलाे बाटो
अहिले पक्की भएछ
तर सम्झनाकाे चिहान अझै पनि
त्यही कच्ची छ—
मेरा पाइला कुर्दै।

देशको नक्सा
अब कम्प्युटरको स्क्रिनमा मात्रै देखिन्छ
र देशको माया
अब फाेटाेकाे कमेन्टमा मात्रै ‘मायालु’ देखिन्छ।

म अचेल सपना पनि
अर्काकै भाषामा देख्न थालेको छु
र फेरि बिउँझेर
आफ्नै नाम उच्चारण गर्न
आँखाभरि आँसु हुन्छ।

बा !
तपाईंले जुन माटोको माया गर्नुभयो
त्यही माटो म
भोलि कागजमा किनेर फर्काउनेछु
तर त्यो माटोमा
अब हाँस्ने कारण
के बाँकी रहला ?

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x