शेषराज भट्टराईम खरानी युगकाे मान्छे
जिब्रो लटपटिएकाे छ खुट्टा लरबराएकाे देखिन्छ । आँखा र धमनी पनि धरमराएकाे अवस्था छ । पिण्डपानी स्विकार्ने बेलाकाे मान्छेको के आश गर्नु । कहिले लडेर खुर्मुरिने हुन् ठेगान छैन ।

शेषराज भट्टराई :
मेरा पालामा खरानीमा लुगा पकाएर धुन्थे। खरानी धसेर नुहाउथे, जुकापरेमा खरानीकाे फूल खाेजेर खाइन्थ्याे र जुका किरा भगाइन्थ्याे । आगाे जाेहाे राख्नुपरे खरानीमै अगुल्टो घुसारेर राखिन्थ्याे । यसाे गरेपछि आगाे सल्काउनलाई आतंककारीले जस्तो बारुद खाेजिराख्नु पर्दैन थियो । त्यही भएर म खरानी युगकाे मान्छे । अहिले पनि म आफ्नी परानी भन्दा खरानी भनेपछि भुतुक्क हुन्छु र त्यही खरानीमै कुखुराले जस्तो भुतभुते खेल्न मन लाग्छ ।
खरानी युगका जाेगीहरु अहिले पनि खरानी धसेर नुहाउने गर्छन् । तर आधुनिक जाेगीकाे चाला अर्कै छ । एनजीओ, आइएनीओ, फाउन्डेसन जस्ता जाेगीले उधुम खरानी धसेर कता कुदुम बनाइरहेका छन् । अब देशकाे बागडाेर नै खरानी युगका जाेगीका हातमा जान्छ कि झै भैसक्याे ।
अब त सर्वत्र ग्यासको साम्राज्य छ खरानी खाेजेर पनि पाइदैन । बनमा काठ दाउरा कुहेर जादा पनि सरकारले दाउरा बाल्ने अनुमति दिँदैन । क्यासै खर्च गरेर ग्यासै बाल्नु भन्छ । तर अस्ति भर्खरै देशका कर्णधार जेनजी भनाउदाहरुले कतिधेरै दुखकष्ट गरेर मालपाेत, सिंहदरबार, प्रहरी पाेष्ट, जिल्ला प्रशासन कार्यालय, कारागार, वडा कार्यालय, महाभ्रष्टाचारी नेताका घरमा उरुङ्खात लगाएर मिलाएर राखेका स्वदेशी तथा विदेशी कागजी मुद्राहरु पाेलेर यत्नपूर्वक केही खरानी जुटाएछन् । काेही यही माैकामा शहिदकाे पगरी गुथ्न सफल भए । केही पुङमाङकाे टाउकाे पनि फुटाएछन् । कुटेछन्, लुटेछन् लुटाएछन् ।
अहिले त्यही खरानीकाे थुप्राेमा बसेर खरानी नै धसेर काेही राष्टाध्यक्ष भएका छन् । काेहीओरजीनल शहिद पनि भएका छन् । काेहीका भागमा नसाेचेकाे कागताली परेर अजङ्ग बेढङ्गका नेता पनि भएका छन् । काेही खरानीमा पर्ने मर्ने भय भएर हेलिकप्टरबाट भागेर शिवपुरीकाे सेनाकाे क्याम्पमा दश दिनसम्म बेहाेसमै नडराइकन लम्पसार परेछन् । राजसी जीवन विताएका शासकलाई बाजसी झम्टिनाले यस्तो आपत किन थाप्लाेमा बज्रियाे ? पछि सेनाले झकझकाएर बाैराएछन् र आआफ्नो आवासमा लघारिन अनुरोध गरेपछि सारा शरीर कम्पायमान बनाउदै धिकधिक कष्टकष्टका साथ भाडाकाे घरमा छाडा नहुने शर्तमा शयन गर्दाभए । न बाच्दाभय न मर्दाभय त्यसैत्यसै सडिएर गए । दैनिक पचास लाख कमाउने लेखकजस्ता पुर्व गृहमन्त्री पनि लामालामा फड्काेमा भागेर सिंगाे कदलाई सहिसलामत राखे । तर बिचरा बराहरुकाे कठघराकाे कर्म बाकी नै छ ।
पाँचपटकसम्म महाभ्रष्टाचारी बन्न सफल लाेग्ने स्वास्नी चाहिँ सुरुङ भित्रका उरुङखात कागजी मुद्रा रुँगेरै बस्छुभन्दा घुच्चुकमा थुचुक्क बस्नेगरी हानेर अरुले देख्दा पनि चुकचुक लाग्ने रगताम्मे बनाएछन् । आफ्नो प्रिय बस्तुमा झिल्काे सल्किएर लक्ष्मीकाे बासमा खरानीकाे रास थुप्रियाे । पाँच दिनसम्म खरानीमा अगुल्टो घुसारेर आगाेकाे जाेहाे गरेछन् कि केहाे धुवा पुत्ताई रहेको थियो। जनताका नेताका घरमा पनि बङ्कर बनाएर नै भ्रष्टाचारको जायजेथा जाेगाड गरेका रहेछन् । जेनजीकाे झिल्काले सिंगाे नेपाल नै खरानीमा सम्पन्न धनी बन्याे । बालबाल बाचेका बिचराहरुकाे अन्तिम आस्रयस्थल आपतक्याम्प नै सैनिक मुख्यालय भयाे । बिचरा भ्रष्टाचारीमा सिद्धहस्तहरु त्रस्त बने र भने हामी डराएका छैनाैं ज्यान बचाउन त जाे पनि भाग्छ नि ।
आगाे ताप्नु मुढाकाे कुरा सुन्नु बुढाकाे भन्ने नेपाली उखानलाई आत्मसात गर्दै एकबारकाे जुनीमा न्यायाधीश भैटाेपलेकाे बयाेबृद्ध आमालाई खाेजेर देशकाे सबैभन्दा अग्लाे कुर्सीमा राखेका छन् । जिब्रो लटपटिएकाे छ खुट्टा लरबराएकाे देखिन्छ । आँखा र धमनी पनि धरमराएकाे अवस्था छ । पिण्डपानी स्विकार्ने बेलाकाे मान्छेको के आश गर्नु । कहिले लडेर खुर्मुरिने हुन् ठेगान छैन ।
जेनजीले भ्रष्टाचार सखाप पार्न, भ्रष्टाचारीकाे दात झार्न र हर्दम नेटमा डुबुल्की मार्न चिठीपत्र युगकाे मान्छेलाई यत्नपूर्वक मर्मत गरेर यति काम र नाम कमाएका छन् । नयाँ नेपाल बनाउने भनेर गणतन्त्र भित्र्याए अनि आफन्त र आफ्नालाई पाेस्ने चाल र भ्रष्टाचारको सञ्जाल पाे विस्तार गरेका रहेछन् । सर्पले जस्तो देशले पनि काँचुली फेर्नुपर्छ । नेट युगका युवाकाे जाेस जाँगर ओभरफ्लाे भएर सुपर मार्केटहरुले पनि मार बेहाेर्नु पर्याे । अझ कतिले मारकाे धार खेप्नु पर्ने हाे । आफू त खरानी युगकाे मान्छे घर डढाए खरानीकाे के दुख । न रहे बाँस न बजे बाँसुरी ।
०००
शिवशक्तिमार्ग , फूलबारी ११ पाेखरा कास्की ।
फाेन:- ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest




































