साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गलत रहेछन् हाम्रा बुझाइहरू

आज कुनै पनि काम लिएर जहाँ-जहाँ गए पनि अतिरिक्त थैली नथमाई नहुने भएछ सबै निर्धक्क कारवाही कसैलाई नहुने रहेछ बल्ल पो थाहा भयो त्यो बेला तपाईंको आत्मामा बसेर के बोलेको रहेछ !

Nepal Telecom ad

हरि कोर्काली :

हजुरले त
भ्रष्टाचारप्रति सुन्ने सहनशीलता नै भन्नुभएको रहेछ
ढुंडी परेका कानले धोका दिँदा
हामीले शून्य सहनशीलता भनेको सुन्यौं र
भ्रष्टाचारले अब कुलेलम ठोक्ने भयो भन्ने विश्वासलाई
बेसरी तालीले चुन्यौ ।

एक अर्को प्रसङ्गमा
भ्रष्टाचारको गन्ध कतैबाट नआओस् भनेर
चेतावनी दिनुभयो
विश्वासलाई झन् दृढ तुल्यायौं
तपाईंकै अगाडि गडगड ताली पिटेर
मनमा हर्षको सगरमाथा चुल्यायौं ।

दुवै भनाइले गडगड सराहना पाएको देखेर
तपाईंको अनुहारमा बेग्लै
कस्तो विचित्रको चमक उदाएको थियो
त्यो पनि राम्ररी नियाल्यौं ।

आज कुनै पनि काम लिएर
जहाँ-जहाँ गए पनि
अतिरिक्त थैली नथमाई नहुने भएछ
सबै निर्धक्क
कारवाही कसैलाई नहुने रहेछ
बल्ल पो थाहा भयो
त्यो बेला तपाईंको आत्मामा बसेर के बोलेको रहेछ !

र त्यो बोलीले
सबैतिरबाट
भ्रष्टाचारको कस्तो सुगन्ध आउनुपर्छ भन्ने कुरा
कति घुमाएर
बुझ्नुपर्नेले प्रस्ट बुझ्ने गरी
कति मिलाएर भन्नुभएको रहेछ ।

बल्ल पो थाहा भयो
तपाईंको मुहारमा
त्यस्तो चमक किन उदाएको रहेछ !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x