सुरेशकुमार भट्टछोराछोरीको मुख मोसेर खाने बाउआमा
यस्तै त्यस्तै थे तिहुन चखुवा गाउँमा फटाहा। बिचरा सोझा सिधा के थाहा ? यिनका चङ्गुलमा फसिहाल्थे। बले कुरौटेले कुरो पायो गाउँभरी फिंजायो। जस्को मानु खानु उस्कै छाना तान्नु। भनेको यहि हो ।

सुरेशकुमार भट्ट :
उहिल्यैको कुरा बाँसपानी भन्ने गाउँ निकै कहलाएको थियो। त्यस गाउँको छेउको घरमा बुढा ५५ बुढी पचासकी थिए। बुढाबुढी र तीन छोरा र चार छोरीसहित ती बाउआमा बस्थे। घरको स्थिति निम्सरो निम्सरै थियो। बर्सौटे र टुङ्गाको टुङ्गो ग्याल्ग्याल्ती जन्मिएपछि घर भरिइहाल्छ, तेस्तैथ्यो बगाले बाको। तर वर्षभरी खान दश जनालाई बेसाहा खान पर्दैन थियो। केटाकेटी साह्रै साना र बर्सौटे हुनाले पशुपालन कमै थियो। तेसैले पशु बेच बिखन आम्दानी तेति नहुनि खेती खाँदैमा ठिक्क भएपछि माछा मासु त्यो घरमा कमै ल्याऊॅथे ।अझ खसी बोका भन्दा कमारी पाठी( कुमारी), पाठी, बैला बाख्रा नै धेरै आउँथ्यो त्यो घरमा किनकी चाडवाड मान्नै पर्याे, अरूले खाँदा आफूले नि खान र खुवाउनै पर्याे, कुरा तेता तिरको असजिलो थियो।
सबैकुरा गर्छ कान्छी नानीले (पैसाले)। किनकी हाम्रा बाउ गरिब भए धनै बिनु भने जस्तो। अर्थ अभाव हुन्छ तर मितव्ययी भएर गुजार्नु पर्छ। टार्नु पर्छ । यो गरिबीको दाम्लाको माम्ला हो ।यो घरमा पनि तेस्तै थियो। सिमित आयस्तामा परिवार संसार सञ्चालन गर्न गाह्रै हुन्छ । तर यो बगालेको परिवारले धन्न चलाई रहेकै थियो। वास्तवमा सानो आलय हुनेले यसरी चलाऊन र व्यवस्था गर्न सक्नु महानता हो ।जुनसुकै न्यून बर्गकाले यो कुरामा ध्यान दिनु पर्ने हुन्छ ध्यान नदिनेहरूको व्यवहार बिग्रिएर रातारात बसाईं गएका धेरै छन् तर मिलाएर खर्च चलाउनेले यहिॅ केहि वर्षमा लिनेलाई दिने सामर्थ्य राखेका पनि छन्। तर यो परिवार आमत अनुसार चल्न सिपालु परिवार थियो।
माघे संक्रान्तिको दिन थियो। गाउँमा खसी खानसक्नेले खसीबोका ल्यायो खायो ।
तर बगालेले पल्लो गाउँमा दस धार्नी जतिको मोटो न मोटो बहिला बाख्रा काटेका रहेछन्। तेत्ति घाम ताप्ने नभएको भए कस्ले बाख्रा भन्थ्यो र तीन पाने खसी भन्दा जब्बर मोटोलाई। एक धार्नी ॲाटे बगाले बाले आज । भन्दैथे मरिन्छ कि बाँचिन्छ भनेर माघे संक्रान्ति मान्नु रे, अब त बाँचियो भनेर साउने संक्रान्ति मान्नु रे भनेर बुढापाकाले भन्थे ल है भाइ हो खाँट्टी छ मासु खाने लायकको। बगाले बुढा एक धार्नी मासु लिएर घरतिर लागे।
लहै बुढी म काटकुट गरिदिन्छु बेलैमा बसाल भनेर बुढा अचानो खुकुरी जम्मा गरेर बाहिरै दैला अघि मझेरीमा काट्ने सुरसार गरेको देखेर बुढीले भनिन् के दैला ठेलामा फिंजाको ऊ पिँडीमा लगेर काट्नुस्न। पिंडीमा बसेर काटी सकेर भित्र लगेर पकाउन दिँदै भने अलि पिरोपिरो बना जाडो छ, फेरि मासु मोटो पनि छ । मोटो मासु अलि लाटो हुन्छ। म बाहिर अरू घर गोठ धन्दामा लागे। साँझ परेछि बुढीले ए ! बुढाभित्र आउनु त भनिन् । बुढा धन्दा सकेर तातोपानीले गोडा धोएर भित्र पस्दै भने किन ? हैन छोरा छोरीलाई बेलैमा खान दिए हुन्न अलिखेरमा फेरि सुत्छन् उठाएर खुवाऊन साह्रै गाह्रो हुन्छ कसो गर्ने? ए पाक्यो मासु तेसो भए देन त भैगो नि भने । बुढीले बोलाई दिनु म पस्किदिन्छु भनेपछि बुढाले भने ए केटकेटी हो भित्र माम पाक्यो रे जाउरे खान सबै एकै चोटी भन्ने बित्तिकै ॲागनमा खेलिरहेका भुराहरू सबै मझेरीमा भात खान बसे।
सातवटै मझेरीमा लहरै बसे तर काखको भाइलाई सॅगै लिएर ठूली खान बसी। दुईचार गाँस मासुको रससँग खाए। अनि मासुको फिर्को टोक्न थाले, मुखमा हालेर लुछे छिनेन। बरू झट्कारिएर रस उछिट्टिँदा आफ्नै ॲाखामा र नजिक बस्नेको पनि पय्रो तै पनि फेरि मासुसँग लोभिएर ताने छाला चिप्लिएर उछिट्टिदा ॲाखामा पय्रो रस चौटाले लाग्यो ॲाखामा पिरो भो खप्न नसकेर रुन कराउन थाले।एक अर्कामा चौटा लुछ्दा चिप्लेर रस उछिट्टिॅदा प्राय सबै आफैंबाट र सँगै बसेका दाजु भाइ दिदीबाट ॲाखामा नपरेका कोहि भएनन् कान्छो त झन् सिंगान र ॲाशु बराबरै झारेर अतिसाह्रै रोयो सँगसँगै ठूली पनि रूँदै गएर लोहोटाको पानीले भाइको मुख धोई दिई आफ्नो पनि धोई पुछी अरूलाई पनि भनी तर उनीहरू सिंगान सर्काउँदै ॲाखाबाट ॲाशु झार्दै मुखमा गाँस हाल्दै थिए। ठूलीले घिउ झिकेर भाइको ॲाखामा अनि आफ्नोमा पनि लाएर भातको थालतिर आई र बसी। खान खुवाऊन थाली मासु त भाइ खानै मानेन तर उसले भने अलिअलि चपाउँदै निल्दै गरी र भनी भाइ बहिनीलाई बाहिर नतान चपाउँदै निल्दै गर।
यस्तैमा तल्लो गाउँको बले फटाहा आइपुग्यो र भन्यो “केहो बाउआमा चुल्हामा बसेर खानी केटाकेटी मझेरीमा रूआउँने, म अघिदेखि हेरिराछु।” नकरा फटाहा पिरोभएर होलानि मासु गल्ने गरेर पकाएर दिएको भए यस्तो हुन्थ्यो ?। काँच्चै मासु दियो भुरा तानेर अलमलिन्छन् त त्यै बेला बाउआमा दनादन आफ्नो तुम्बा भरे भैगो नि पापीहरू। ए भाउजू केको काँचो मासुदिएर काँ काँ र कुँ कुँ पारेकी ? के को मासु हुनु नि बैला बाख्रा रे ठूला घरको मत खसी जस्तै लागेर खान बोलाएं केटाकेटीको बिजोग भो बाबु। तिमीलाई फेरि यति पाएपछि छेउघर बगालेको बुढाबुढीले काँचो मासु खुवाएर छोराछोरी रूवाए उस्का लोग्नेस्वास्नी पकाएर पाठा निकाली निकाली खाए भन्लाऊ नि।
छोराछोरीको मुख मोसेर खाने बाउआमा भनौला खाने बेला आइपुगिहाल्यौ।गाउँमा भनि हिँड्ने मसला पाइहाल्यौ । भैगो नि बरू कि भित्र आऊ कि गैहाल। आएँ आएँ । ल यो खाऊ पाकेको छ कि छैन ? उस्लाई पनि तेहि दामले डामेर मासु किन्न सक्या हैन संक्रान्तिमा।त्यसैले मनमनै भन्यो अजिंगरको आहारा दैवले पुर्याउँछ भनेको यहि हो बले खा । सरक्कै बटुको समातेर एक चौटा मुखमा राखेर भन्यो मासु त भाउजू मिठो पकाउँछिन् तर हेर है साँच्चिनै राम्रोसँग पाक्या छैन है हाम्रो दाँतलाई भए नि केट्केटीलाई हुन्न। ल ल बटुको गौरेटामा राख माझ्न पर्दैन मै माझुला । बरूभात नि खान्थ्यौ कि केटाकेटीले तेति थपेनन्। छ खानी ?
भो घरमै भुँडी उकासेर आको खाको खान्न। यसरी गरिबी पनि साँटासाँट बाँडाबाँड गर्थे त्यो युगमा। त्यो पो मानवीय सक्कली युग थियो। बलेले पल्ला गाउँमा पुगेर भन्यो जस्का दाना उस्का छाना । छेउघर बगालेका बुढाबुढी छोराछोरीको मुख मोसेर खाँदैथे। के भन्छ यो बले तेस्तो नि हुन्छ भने थरीकान्छाले। आ दाइ कुरो कुलो घुमाउरो हुन्छ क्या। काँचो काँचो मासु तेसमा पिरो रछ मैले नि खाएँ ।बगालेका सातवटा बगाल एकै चोटी खान बसेका मासु लुछ्दा रस उछिट्टिएर काँ काँ र कुँ कुँ गरेको हेरेर आ क्या त्यै भन्या। यस्तै त्यस्तै थे तिहुन चखुवा गाउँमा फटाहा। बिचरा सोझा सिधा के थाहा ? यिनका चङ्गुलमा फसिहाल्थे। बले कुरौटेले कुरो पायो गाउँभरी फिंजायो। जस्को मानु खानु उस्कै छाना तान्नु। भनेको यहि हो ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































