साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वप्रेम !

Nepal Telecom ad

मानिसहरू –
मोजा लगाउन भन्दा पहिला- सुँघ्छन्
आफ्नै काखि कन्याउछन- सुँघ्छन
गुप्ताँङ्गतिर हात लैजान्छन
र पुनः
त्यही हात नाकसम्म पुर्याउछन
दाँतको काई निकाल्छन र
धित मर्नेगरी- सुँघ्छन

शरीरमा आएको लुतो
मजा मानी मानी कन्याउछन र
नङभित्र पसेका खोस्टाहरू
अर्को नङले निकाल्दै- खुशी हुन्छन्

नाकमा सजिलै औँला छिराउछन र
प्रेमले सिँगान निकाल्दै- हलुका हुन्छन
कहिलेकाहीँ –
स्वाँक्क गरेर भित्रै तान्छन र निलिदिन्छन

खकारलाई –
धेरैबेरसम्म मुखभित्रै खेलाईरहन
कत्ती घिनाउदैनन
आँखाका चिप्राहरू-
बिस्तारै निकाल्छन र हेरिरहन्छन !

घाउका खाटाहरू-
कत्ति घिन नमानी कोट्याईरहन्छन
घाँटी माड्छन र निस्केको मयललाई
डल्लो पारिपारि खेलाउछन

मान्छेहरू –
आँफूलाई कत्ति प्रेम गर्छन है !

कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x