साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुबोस् देश के भो म सत्ता नछाडूँ

कथङ् छोड्न पर्ने भए छोड्छु साथी भनून् भन्न सक्छन् मलाई नजाती फुटाएर पार्टी विरोधी पछारूँ डुबोस् देश के भो म सत्ता नछाडूँ !!

Nepal Telecom ad

विदेशी नआए स्वयं मार्ग दिन्छु
उता रूप फेर्दै म नारा उराल्छु
जता जेसुकै होस् कुराले म फाँडूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ !!

प्रजामा थुपारेर कर्जा असाध्यै
म जानेछु छिट्टै त्यहीँ भोट माग्दै
नजित्ने भए के? म कोटा नछाडूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ !!

कथङ् छोड्न पर्ने भए छोड्छु साथी
भनून् भन्न सक्छन् मलाई नजाती
फुटाएर पार्टी विरोधी पछारूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ !!

कुरा अर्बको हो कहाँ लाखमात्र ?
भजाएर आफ्नो लिनैपर्छ भाग
त्यसैले म कुर्सी नछाडूँ नबाडूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ !!

म लेखूँ स्वयं टिप्पणी छल्नलाई
विरोधी स्वयं थाल्दछन् गल्नलाई
उता अर्ब आओस् यता पर्व मानूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ !!

मेनपा १३, चारआली, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x