साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हनुमान जयन्ती

हनुमान हुन सक्नेकै जताततै बोलबाला छ । हनुमानकै उन्नति र प्रगति छ । जो हनुमान हुन सक्तैन त्यसको पूरै जिन्दगी बेकार छ ।

Nepal Telecom ad

हिन्दू परम्परामा हनुमान जयन्ती भन्ने पर्व पनि हुॅदोरहेछ भनेर मैले भर्खरै एउटा पात्रो पल्टाउॅदा थाहा पाएँ । हामीले हनुमान जयन्ती पनि मनाउनुपर्छ भन्ने कुरासम्म ख्याल नराख्ने म कस्तो हरिलट्ठक हिन्दू परेछु त ! आफैँलाई धिक्कार्दै म हनुमान जयन्तीमाथि हनुमानी चिन्तन गर्न थालेँ ।

हिन्दू धर्ममा हनुमान जयन्ती मनाइँदोेरहेछ । वास्तवमा मनाउनैपर्ने पनि हो । कस्ताकस्ता तातो न छारोका देउता र व्यक्तिका जन्मदिन र जयन्ती मनाउनुभन्दा हनुमान जयन्ती मनाउनु धेरै उपयोगी र उचित लाग्यो मलाई । हनुमानका परम अनुयायी र उनको चरित्रलाई आत्मसात गर्ने जातिमा हामी नेपाली सायद संसारमै प्रसिद्ध छौॅ । हनुमानगिरिमा पनि र हनुमान (बॉदर) पनमा पनि ।

हाम्रो देशमा हनुमानकै सबभन्दा ठूलो बिगबिगी छ । राजनीतिमा, साहित्यमा, पत्रकारितामा, कलामा र सबभन्दा बढी नोकरीतन्त्रमा । हनुमान हुन सक्नेकै जताततै बोलबाला छ । हनुमानकै उन्नति र प्रगति छ । जो हनुमान हुन सक्तैन त्यसको पूरै जिन्दगी बेकार छ ।

साहित्यकै कुरा गरौॅ । हाम्रोमा पुरस्कारको पसल थाप्ने धेरै छन् । त्यहॉ पनि चिनाजाना र हनुमानगिरी चल्छ भन्ने कसलाई थाहा छैन र ! पुरस्कार सम्मान र दोसल्लाको व्यापार हनुमानगिरीकै आधारमा चल्छ भन्ने हामीले देखेभोगेकै छौॅ । पुरस्कारको मात्र कुरा होइन, हाम्रो साहित्यमा एकअर्काको हनुमानगिरी गरागर गरेर पनि प्रख्यात साहित्यकार हुने चलन छ । साहित्यकारका आआफ्ना झुण्ड वा बथान बनाउने र एकले अर्कालाई बोकेर उचालेर माथि माथि पुर्‍याउने, एकले अर्कालाई हजारौँ पटक महान् महान् भनेर महान् लेखक बनाइदिने गरिन्छ । सम्पादकहरूको, समालोचकहरूको, पाठ्य पुस्तक बनाउने शिक्षा अधिकारीहरूको हनुमानगिरी गरेर पनि साहित्यमा ठूलो मान्छे हुन सकिन्छ । शक्तिमा भएका व्यक्तिहरूको चाकरीमा ठूला ठूला ग्रन्थ लेखेर हनुमानगिरी गरिन्छ । निश्कर्ष के हो भने हनुमान हुनसक्ने साहित्यकारले पुुरस्कार, सम्मान पाउॅछ, दोसल्ला लाउॅछ, नाम कमाउॅछ । हनुमान हुन नसक्ने बबुरो जिन्दगीभरि साहित्य लेख्छ र एकदिन भोकै मर्छ । मरेपछि पनि उसले समाजको त कुरै नगरौॅ आफ्नै छोराका हातको पिण्ड पनि पाउॅदैन । यस्तो महिमा छ हनुमानगिरीको ।

राजनीतिमा पनि उही हो । हनुमान हुन सक्ने कार्यकर्ताले छिट्टै प्रवन्धक, जिएम वा मन्त्री पड्काउॅछ, हुन नसक्ने बबुरो जिन्दगीभरि आफ्ना नेताकालागि भोट माग्दा माग्दै माग्ने भएरै मर्छ । ऊ बाँचुन्जेल माग्ने हुन्छ, मरेपछि उसका स्वास्नी छोराछोरी माग्ने हुन्छन् । हनुमानगिरी नै गर्नु छ भने हराम नेताको गर्नु उत्तम हुन्छ भनेर हनुमान चालिसामा लेखिएको पनि छ ।

नोकरीतन्त्रमा हनुमानतन्त्रको महत्वका बारेमा मैले बताइराख्नै पर्दैन । यहॉभित्र पसेर तपाईॅले एक फन्को मार्नुभो भने देख्नुहुनेछ कसरी हनुमानहरू काखीमा फाइल च्यापेर (ह) रामहरूका खुट्टामा लम्पसार परिरहेका हुन्छन्, कसरी खुट्टामा तेला घसिरहेका हुन्छन् । नोकरीतन्त्रमा रामहरू पाउन मुस्किल हुन्छ । यहॉ हरामहरूको बिगबिगी व्याप्त हुन्छ । हरामहरूका वरिपरि हनुमानहरूको झुत्ति लागेको पाइन्छ । लाग्छ हरेक अड्डा, अदालत वा कार्यालयमा हनुमानको मन्दिर बनाउनैपर्छ, हनुमानको पूजाआजा गर्नैपर्छ र हनुमान जयन्ती मनाउनैपर्छ । नोकरीतन्त्रका हनुमानहरू हाकिम वा नेताको पाउमा मात्रै लम्पसार हुॅदैनन्, बिहान बेलुका स्वेता (आधुनिक सीता) कोमा तरकारी, दूध, पुष्टकारी, पाउॅ वा आइसक्रिम लगेर स्वेतालाई पगालेर पनि नोकरीमा बढुवा, भन्सार, मालपोतमा सरुवा, अथवा आफ्नो शत्रुलाई कुठाउॅतिर लखेट्ने इत्यादि काम गराइरहेका हुन्छन् ।

हनुमान हुन सधैॅ पुच्छरमा आगो बोकेर हिॅड्नुपर्दछ । हरामलाई आफ्ना शत्रु वा प्रतिद्वन्द्वीका विरुद्ध अनेक भएका नभएका कुराको आगो लगाउनु पर्दछ । हनुमानगिरीको शक्ति अनौठोको हुन्छ । हरामलाई सल्काइदिएको आगोले आफ्नो शत्रु वा प्रतिद्वन्द्वीलाई डढाइदिन्छ । हनुमानमा हुनै पर्ने एउटा महत्वपूर्ण गुण आफूभन्दा माथिकाको जुत्ता चाट्न सक्ने र आफूभन्दा तलकालाई जुत्ताले हान्न सक्ने हुनुपर्छ ।

हनुमानगिरी हाम्रो नसा नसामा व्याप्त छ । यो हाम्रो अभिन्न परम्परा र संस्कृति हो, त्यसैले हनुमानगिरीको रक्षाका लागि, यसको संरक्षणका लागि हनुमान जयन्ती मनाउनैपर्छ । भगवानका अनेक रुप भनेजस्तै अनेक रुपका हनुमानका मूर्ति बनाएर पूजाअर्चना गर्नुपर्छ । जय हनुमान ! जय हनुमानगिरी !!

सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे
रिटायर पछिको दैनिकी

रिटायर पछिको दैनिकी

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x